काठमाडौँ महानगरले फोहोर व्यवस्थापनमा देखाएको उदासीनताले जुनसुकै बेला पनि रोकिने अवस्था रहेको महर्जनको दाबी छ।
काठमाडौँ– ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन जुनसुकै बेला रोकिन सक्ने बताएका छन्।
बिहीबार नेपाल न्युज एजेन्सीसँग कुराकानीका क्रममा महर्जनले काठमाडौँ महानगरको फोहोर व्यवस्थापनमा देखिएको उदासीनताले जुनसुकै बेला पनि रोकिने अवस्था रहेको दाबी गरे।
“उपत्यकाको फोहोर व्यवस्थापन एकदमै मार्जिनल टाइपले भइरहेको छ। भरे पनि रोकिन सक्छ। भोलि पनि रोकिन सक्छ। केवल काम चलाउका रूपमा भइरहेको छ,” उनले भने, “यसलाई दिगोपन दिनुपर्छ। फोहोरको वैज्ञानिक व्यवस्थापन गर्ने जिम्मा पाएको कम्पनीलाई काम गर्न दिने वातावरण बनाउनुपर्छ।”
अधिकार छ भनेर ल्यान्डफिल्ड साइट क्षेत्रका जनताको स्वास्थ्यमा खेलबाड गर्न नहुने प्रमुख महर्जनको भनाइ छ। काठमाडौँ उपत्यकाभित्र दुईवटा महानगरपालिका र १६ वटा नगरपालिका छन्। सबै पालिकाको फोहोर नुवाकोटको बञ्चरेडाँडामा फाल्ने गरिएको छ। बञ्चरेडाँडामा लगभग दिनको एक हजार २०० मेट्रिक टन फोहोर जाने गरेको छ। उनले बताए।
“त्यसमध्ये ६५ प्रतिशतभन्दा बढी काठमाडौँ महानगरको पर्छ। ललितपुर महानगरको लगभग १८/१९ प्रतिशत छ। ललितपुर महानगरपालिका आफैँले यसको स्वतन्त्र रूपमा व्यवस्थापन गर्ने भन्ने हाम्रो मनसाय थियो। छ पनि,” उनले भने, “तर, त्यसलाई कार्यान्वयन गर्न निकै अप्ठ्यारो परिरहेको छ। किनकि ललितपुर महानगर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवेको रुटमा पर्छ। त्यसले गर्दा व्यवस्थापन गर्न हम्मेहम्मे छ।”
सरकारले फोहोर फाल्नका लागि बञ्चरेडाँडामा पूर्वाधार बनाएको छ। तर त्यहाँ कुहिने र नकुहिने फोहोर सही ढंगले व्यवस्थापन नगर्दा ५० वर्षका लागि डिजाइन गरेको पूर्वाधार १० वर्ष पनि नटिक्ने जोखिम देखिएको उनको भनाइ छ।
अहिले जसरी नै फोहोर फाल्ने हो भने त्यहाँको ल्यान्डफिल साइट छिट्टै भरिने प्रमुख महर्जनले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
