प्रधानमन्त्री दाहालले मुलुकको अर्थतन्त्रमा थप सुधारका लागि सरकारले ‘केही नयाँ घोषणा’ गर्ने तयारीमा गरिरहेको बताएका छन्।
काठमाडौँ– प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्र सुधारको अनुभूति भए पनि जनतामा आशाको सञ्चार हुन नसकेको बताएका छन्।
बिहीबार काठमाडौँमा ‘रेस्पोन्सिबल बिजनेस समिट’लाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले पछिल्लो समय अर्थतन्त्रका तथ्यांकहरू हेर्दा अर्थतन्त्र सुधार भएको देखिए पनि जनतामा आशाको सञ्चार नदेखिएको बताएका हुन्।
“तथ्यांकहरूमा हेर्दा अर्थतन्त्र सुधार हुँदै गएको देखिन्छ। तर व्यवहार र आम जनतामा आशाको रक्तसञ्चार सिर्जना गर्न अझै मिहिनेत गर्नुपर्ने परिस्थिति हामी सबैको अगाडि विद्यमान छ,” उनले भने।
प्रधानमन्त्री दाहालले मुलुकको अर्थतन्त्रमा थप सुधारका लागि सरकार ‘केही नयाँ घोषणा’ गर्ने तयारीमा रहेको सुनाए। अर्थतन्त्र सुधारमा केन्द्रित रहेर अझ बृहत् बैठक र केही नयाँ घोषणा गर्नुपर्ने देखिएको उनको भनाइ थियो।
“शासकीय सुधार गर्न सकियो भने त्यसको प्रत्यक्ष प्रभाव अर्थतन्त्रमा देखिनेछ भन्ने हामीले विश्वास लिएका छौँ। व्यवसाय र राजनीतिको क्षेत्रमा जिम्मेवारबोधको अनुभूति गराउनु आजको आवश्यकता बन्न गएको छ,” उनले भने।
प्रधानमन्त्री दाहालले अहिले समाजमा हरेक कुरामा नकारात्मकता बनाउने प्रयास भइरहेको भन्दै यसबाट देशले कहिल्यै प्रगति गर्न नसक्ने बताए। उनले अर्थतन्त्र सुधार हुने आशा जगाउनु चुनौतीपूर्ण भएको बताए। उनले नकारात्मक भन्दा पनि मुलुकको अर्थतन्त्रका सकारात्मक सम्भावनातिर हेरेर आशा जगाउन सके नेपालमा प्रचुर सम्भावना रहेको बताए।
प्रधानमन्त्री दाहालले बुधबार मात्र शासकीय सुधारका विषयमा बृहत् छलफल गरेको भन्दै यो क्षेत्रमा केही नयाँ गर्न सके त्यसको प्रभावले अर्थतन्त्रमा सुधार हुने अपेक्षा सरकारको रहेको बताए। सरकारले अर्थतन्त्र सुधारको लागि आवश्यक कानूनी तथा नीतिगत आधार तयार गर्न प्रतिबद्ध रहेको उनले बताए।
सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन विभिन्न आर्थिक कार्यक्रमहरू अगाडि सारिरहेको उनको दाबी छ। उनले मुलुकको प्रमुख साझेदार निजीक्षेत्र मात्र नभएर सरकार र राज्यका सबै निकायहरू जिम्मेवार बन्न आवश्यक रहेको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
