लामखुट्टे करोडौँ वर्षदेखि पृथ्वीमा रहेको र यसलाई डाइनोसरको समकालीन मान्ने गरिन्छ।
लामखुट्टेले टोक्दा हुने मलेरिया रोगका कारण प्रत्येक वर्ष विश्वभर लाखौँ मानिसको मृत्यु हुने गरेको छ। मलेरिया पोथी लामखुट्टेले टोक्दा लाग्छ। यस्तो घातक र मान्छेलाई मृत्युकै मुखमा पुर्याउने यति सानो जीवको उत्पत्ति कहिले भएको होला तपाईं अनुमान लगाउन सक्नुहुन्छ?
लामखुट्टे करोडौँ वर्षदेखि पृथ्वीमा रहेको र यसलाई डाइनोसरको समकालीन मान्ने गरिन्छ। अहिले वैज्ञानिकले लामखुट्टेको सबैभन्दा पुरानो जीवाश्म फेला पारेका छन्। लेबनानको हम्माना शहरमा क्रेटासियस युगको लामखुट्टेको अवशेष मिलेको छ। चट्टानमा १३ करोड वर्ष पुरानो दुई भाले लामखुट्टेको जीवाश्म भेटिएको हो। यी भाले लामखुट्टेहरूमा त्यस्ता सुँड छन् जुन अहिले पोथी लामखुट्टेमा मात्र हुने गरेका छन्।
'नानजिंग इन्स्टिच्युट अफ जियोलोजी एन्ड पेलिएन्थोलोजी ओर लेबनिज युनिभर्सिटी'का वैज्ञानिकहरूले यो खोज गरेका हुन्। अनुसन्धान टोलीका वैज्ञानिक डेनी अजार भन्छन्, "त्यतिबेला पनि लामखुट्टेले रगत चुस्थे, लामखुट्टेको विकासको इतिहासमा यो निकै ठूलो खोज हो।"
यस खोजको बारेमा एक शोधपत्र करेन्ट बायोलोजी नामक जर्नलमा प्रकाशित भएको छ। जीवाश्ममा परिणत भइसकेका यी दुवै लामखुट्टे लोप भइसकेका एउटै प्रजातिको रहेको उल्लेख छ। यी लामखुट्टे आकारमा आधुनिक लामखुट्टे जस्तै छन्, तर तिनको सुँड भने अहिलेका पोथी लामखुट्टेमा पाउने सुँडभन्दा सानो छ।
जीवाश्ममा लामखुट्टेको अवशेष प्रष्टसँग देखिएको छ। अहिलेका लामखुट्टे रगत नचुस्ने जीवका वंशज हुनसक्ने शोधकर्ताहरूको मत छ। पहिले लामखुट्टेले बोटबिरुवाको रस चुस्नमा सुँडको प्रयोग गर्ने वैज्ञानिकहरू बताउँछन्।
विश्वमा लामखुट्टेका तीन हजार ५०० प्रजाति पाइन्छन्। अन्टार्कटिकाबाहेक विश्वको सबै भागमा लामखुट्टे पाइन्छन्। लामखुट्टेका कुनै प्रजाति रोग फैलाउने माध्यम बन्छन्। विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा प्रत्येक वर्ष ४ लाख मानिसको ज्यान जान्छ। –रोयटर्सबाट
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
