कुल ९५ लाख पाँच हजार ६०८ कित्ता शेयर दुई अर्ब ७९ करोड ९१ लाख ४६ हजार ४३३ रुपैयाँ मूल्यमा खरिद बिक्री भएका छन्।
काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार दोहोरो अंकले उकालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ११.७३ अंकले उकालो लागेर १८५२.७७ मा पुगेको छ।
यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.५८ अंकले उकालो लागेर ३५२.२८ मा पुगेको छ। कुल ९५ लाख पाँच हजार ६०८ कित्ता शेयर दुई अर्ब ७९ करोड ९१ लाख ४६ हजार ४३३ रुपैयाँ मूल्यमा खरिद बिक्री भएका छन्।
नेप्सेका अनुसार कारोबारका आधारमा नेपाल पुनर्बीमा कम्पनीको संस्थापक शेयर शीर्ष स्थानमा छ। सो कम्पनीको ८६ करोड ८३ लाख ७८ हजार १०० रुपैयाँ बराबरको कारोबार भयो।
सिटिजन लाइफ इन्स्योरेन्स नौ करोड ५४ लाख ६८ हजार ७९६, सोनापुर मिनरल्स नौ करोड २७ लाख ६१ हजार ७६८, माउन्टेन इनर्जी आठ करोड ७६ हजार २८ हजार ६४२ र ग्लोबल आईएमई बैंकको संस्थापक शेयर आठ करोड रुपैयाँ बराबरको शेयर कारोबार भई शीर्ष स्थानमा छ।
त्रिशूली जलविद्युत् कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ। समाज लघुवित्त ९.९७, सिवाइसी नेपाल लघुवित्त ९.९१, नबिल ब्यालेन्स फन्ड दोस्रो ९.४८ र आशा लघुवित्तका लगानीकर्ताले ७.०५ प्रतिशतले कमाएका छन्।
यस्तै ग्लोबल आइएमई लघुवित्त ७.८१, मन्दाकिनी हाइड्रोपावर ५.४१, विजय लघुवित्त ५.१९, मेछ्यान हाइड्रोपावर २.९२ र सिटिजन लाइफ इन्स्योरेन्सका लगानीकर्ताले २.९० प्रतिशतले गुमाएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
