विराटनगर महानगरले आगलागीमा परी घाइते भएकाहरूको उपचारका लागि जनही ५०/५० हजार रुपैयाँ प्रदान गर्ने भएको छ।
विराटनगर– विराटनगर–७ सातघुम्तीस्थित कवाडी पसलमा आगलागी हुँदा ज्यान गुमाएका पीडित परिवार र घाइतेलाई विराटनगर महानगरपालिकाले राहत उपलब्ध गराउने भएको छ।
महानगरपालिकाको विपद् व्यवस्थापन कोषबाट खर्च हुने गरी ज्यान गुमाएका परिवारलाई जनही एक–एक लाख रुपैयाँ राहत उपलब्ध गराउने महानगरका मेयर नागेश कोइरालाले जानकारी दिए।
त्यसैगरी, महानगरले घाइतेहरूको उपचारका लागि जनही ५०–५० हजार रुपैयाँ प्रदान गर्ने भएको छ। विराटनगर–७ सातघुम्तीस्थित दुखा मण्डलले सञ्चालन गरेको कवाडी पसलमा बुधबार दिउँसो आगलागी हुँदा विराटनगर–६ का ४० वर्षीय दीपक मण्डल, ५५ वर्षीया सुशीला पासवान र ६४ वर्षीया सुनिता कामतको मृत्यु भएको थियो।
सुशीलाको घटनास्थलमै मृत्यु भएको थियो भने मण्डलको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको थियो। घटनामा घाइते भएका विराटनगर–६ का ५८ वर्षीय किशोर पासवान, ६० वर्षीया रीता सरदार, ६५ वर्षीया सुनिता कामत र कटहरी–६ की ३० वर्षीया पिंकी कामतलाई थप उपचारका लागि नेपाली सेनाको जहाजबाट बुधबार साँझ काठमाडौँ लगिएकोमा सुनिता कामतको उपचारका क्रममा मृत्यु भएको छ।
काठमाडौँबाट सुनिताको शव ल्याउने व्यवस्थापन महानगरले मिलाएको छ। काठमाडौँ लैजानका लागि आवश्यक अक्सिजनको व्यवस्थापन पनि महानगरले मिलाएको मेयर कोइरालाले बताए।
यसैबीच, महानगरले कवाडी व्यवसाय र गोदामसहित संवेदनशील व्यवसायलाई व्यवस्थित गर्ने भएको छ।
“भविष्यमा यस्ता विपद् नआओस् भनेर महानगरपालिका गम्भीर छ। त्यसका लागि महानगरपालिकाले निश्चित स्थान तोकेर मात्रै कवाडी, गोदामलगायत अन्य संवेदनशील व्यवसाय सञ्चालन गर्न अनुमति दिनेछ,” मेयर कोइरालाले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, “यसअघि पनि कवाडी व्यवसाय व्यवस्थापनका लागि महानगरले पटक–पटक सरोकारवालासँग छलफल गरेर सुरक्षा मापदण्ड पूरा गर्न अनुरोध गरेको स्मरण गराउन चाहन्छु।”
आगामी दिनमा यस प्रकारका संवेदनशील व्यवसायजन्य सुरक्षाको मापदण्डलाई कडाइसाथ अनिवार्य लागू गरिने कोइरालाले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
