अनुचित लेनदेनसम्बन्धी जाँचबुझ आयोगले निवेदन आह्वान गरेपछि चितवनमा ८७ वटा उजुरी परेका छन्।
चितवन– मिटरब्याजीले लिएको सात कट्ठा १३.५ धुर जग्गा छलफलबाट पीडितलाई फिर्ता गरिएको छ।
भरतपुर महानगरपालिका–४ निवासी पीडितको जग्गा भरतपुर –२ निवासी पीडकले फिर्ता गर्ने सहमति गरेका हुन्। जिल्ला प्रशासन कार्यालयमा अनुचित लेदनेद (मिटरब्याजी)विरुद्ध परेका उजुरीमध्ये उनीहरूले जग्गा फिर्ता गर्ने र कानूनबमोजिम ब्याजसहित रकम फिर्ता गर्ने सहमति भएको हो।
कार्यालयका नायब सुब्बा विश्वास श्रेष्ठका अनुसार निवेदकले २०७२ सालमा एक करोड ५० लाख र चार स्थानका पाँचवटा कित्ताको जग्गा लेनदेन गरेका थिए। पहिलो तीन महिनामा पीडितले एक करोड २० लाख रकम फिर्ता गर्ने र पीडकले छ कट्ठा १३.५ धुर जग्गा फिर्ता गर्ने सहमति भएको छ।
दोस्रो चरणमा पीडकले सहमति भएको छ महिनाभित्र बाँकी रहेको ३० लाख र कानूनअनुसारको ब्याज रकम भुक्तानी गरेमा बाँकी एक कट्ठा जग्गा पनि पाउने उनले बताए।
यस्तै, दुवै पक्षले सहमति कार्यान्वयनमा आएको जानकारी स्थानीय प्रशासनलाई दिनुपर्ने छ। यसअघि कार्यालयले पूर्वी चितवनका एकजना पीडितको दुई कट्ठा जग्गा छलफलमार्फत फिर्ता गराएको थियो।
कार्यालयमा २०८० वैशाख १९ देखि जेठ १४ गतेसम्म ६० वटा र जेठ १७ देखि भदौ ३१ गतेसम्म २७ वटा अनुचित लेनदेनका उजुरी परेका थिए।
जसमध्ये २१ वटा उजुरीको छलफलमार्फत सहमतिमा टुंगो लगाइएको छ। अनुचित लेनदेनसम्बन्धी जाँचबुझ आयोगले निवेदन आह्वान गरेपछि ८७ वटा उजुरी परेका छन्।
परेका उजुरीमध्ये अधिकांश जग्गाको कारोबारका रहेका श्रेष्ठले बताए। पीडितले जग्गा फिर्ता गरिदिन निवेदन दिएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
