सेनाका पूर्वप्रमुखसमेत रहेका मन्त्री गाडी आइसेनकोटका छोरा २५ वर्षीय मेजर गल आइसेनकोटको बिहीबार मृत्यु भएको छ।
इजरायल–गाजा युद्धमा इजरायली सरकारका एक मन्त्रीका छोराको पनि मृत्यु भएको छ।
सेनाका पूर्वप्रमुखसमेत रहेका मन्त्री गाडी आइसेनकोटका छोरा २५ वर्षीय मेजर गल आइसेनकोटको बिहीबार मृत्यु भएको हो।
समाचार संस्था सीएनएनका अनुसार सुरुङको ‘शाफ्ट विस्फोट’बाट गम्भीर घाइते भएका मेजर आइसेनकोटलाई उपचारका लागि अस्पतालमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन्।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आइसेनकोट सच्चा नायक भएको भन्दै उनको मृत्युले आफू स्तब्ध भएको बताएका छन्।
“हाम्रा नायकहरू व्यर्थमा मरेका छैनन्। हामी विजयी नभएसम्म लडाइँ जारी राख्नेछौँ,” प्रधानमन्त्री नेतान्याहुले भने।
सन् २०१५–१९ सम्म इजरायलको ‘चीफ अफ द जनरल स्टाफ’को रूपमा सेवा गरेका सेवानिवृत्त जनरल गाडी आइसेनकोट हाल विना विभागीय मन्त्री छन्।
इजरायलले गाजामा हवाई बमबारी र भूमि आक्रमण जारी राखेको छ। जसमा हालसम्म १७ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको जनाइएको छ। मृत्यु हुनेमा अधिकांश सर्वसाधारण छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
