पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले विगतका निर्वाचनको तुलनामा यस पटकको निर्वाचनमा मतदाताहरूको उपस्थिति कम रहेको बताइन्।
काठमाडौं– निर्वाचन पर्यवेक्षकले यस पटकको निर्वाचनमा मतदाताहरू उत्साहित नदेखिएको बताएका छन्।
आइतबार बिहान ७ बजेबाट पर्यवेक्षण गर्दा काठमाडौं उपत्यकाका अधिकांश मतदान केन्द्रमा उत्साहजनक रूपमा मतदाताको उपस्थिति नपाएको बताएका हुन्। उनीहरूले विगतका निर्वाचनको तुलनामा यस पटक कमै मात्रामा मतदाता भोट हाल्न पुगेको पाएको बताए।
आइतबार दिउँसो आमनिर्वाचन पर्यवेक्षण समिति, नेपाल (जीओक)ले गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले निर्वाचन शान्तिपूर्ण रूपमा अघि बढे पनि मतदाताको उपस्थिति कम पाएको बताए। उनले उपस्थित मतादाताहरूमा मतदान उत्साहजनक रहेको बताए।
उनले भने, "निर्वाचन शान्तिपूर्ण रूपमा अघि बढ्यो। ललितपुर उपमहानगरपालिका र गोदावरी नगरपालिकाका मतदान केन्द्रमा अनुगमन गर्यौँ। अनुगमनका क्रममा हामीले शान्त वातावरणमा धेरै उत्साहित भएर, आत्तिएर मतदान गर्न नआएको अवस्था देख्यौँ।"
त्यस्तै, पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले मतदाताको उपस्थिति तुलनात्मक रूपमा कम पाएको बताए। उनले सुरक्षा व्यवस्थामा भने कतै खुकुलो र कतै कडा पारिएको पाएको बताए।
उनले भने, "मतदाताहरूको उपस्थिति तुलनात्मक रूपमा कम जस्तो देखिएको छ, विगतको तुलनामा। सुरक्षाकर्मीहरू सबै ठाउँमा एकै किसिमको चुस्त नभएको जस्तो देखिन्छ।"
त्यस्तै, पूर्वगृहसचिव खेमराज रेग्मीले शान्त र सौहार्दपूर्ण वातावरणमा निर्वाचन भएको पाइएको बताए। उनले काठमाडौं उपत्यकाका कोर एरियामा भने मतदाताहरूको उत्साह कम देखिएको बताए।
"शान्त र सौहार्दपूर्ण वातावरणमा निर्वाचन भएको देखियो। कोर एरियामा मतदाता कम उत्साहित भएको देखियो," उनले भने।
त्यस्तै, पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले मतदान अधिकृत र मतदान केन्द्रका कर्मचारीहरूले नै मतदाताको उपस्थिति कम रहेको बताएको जानकारी दिए। उनले मतदान केन्द्रमा चाप कम रहेको बताए। उनले मतदान गर्न आएकामध्ये वृद्धवृद्धा, महिला, अपाङ्गको उल्लेख्य उपस्थिति देखिएको र मतदान शान्त रहेको बताए। उनले मतदान स्थलमा कुनै दबाब नरहेको बताए।
त्यस्तै, पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले विगतका निर्वाचनको तुलनामा यस पटकको निर्वाचनमा मतदाताहरूको उपस्थिति कम रहेको बताइन्। उनले यस निर्वाचनमा ७० प्रतिशत मतदान हुने आकलन गरिन्। उनले विगतका निर्वाचनको जस्तो माहौल नदेखिएको बताइन्।
"मतदानलाई हेर्दा शुरूदेखि नै मतदाता कम उत्साहित रहेको पायौँ। पहिला कोलाहल हुन्थ्यो यस पटक कम पाएको छौँ। मान्छेहरूको संख्या पातलो छ," उनले भनिन्, "समष्टिगत ७० प्रतिशतसम्म मतदान हुन्छ जस्तो लाग्यो, पहिला देखेको निर्वाचन जस्तो माहोल छैन।"
त्यस्तै, पूर्वमुख्यसचिव तीर्थमान शाक्यले विगतको जस्तो उत्साह यस पटकको निर्वाचनमा नदेखिएको बताए। प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन एकैचरणमा देशभर भइरहेको छ। आज साँझ ५ बजेसम्म मतदान गर्न सकिने आयोगले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
