परम्परागत रूपमा काठबाट बनेका ठेकी, पाथी र मानालगायत वस्तु लोप हुने अवस्थामा पुगेका छन्।
मन्थली– रामेछापको मन्थली नगरपालिका–१३ फुलासीका धनबहादुर विश्वकर्माले काठको ठेकी बनाएर जीविकोपार्जन गर्दै आएकाछन्।
खोलाको पानीलाई उच्च स्थानमा ल्याई त्यहाँबाट झरेको पानीको सहायताले उनी काठका ठेकी बनाउँछन्। पानीको सहाराले जीवन्त कला भरेर काँचो काठलाई आकारमा ढाल्छन्।
तर, अब यसबाट हुने आम्दानीले जीविकोपार्जन हुन छाडेको धनबहादुरले सुनाए। “मेहनत धेरै गर्नुपर्छ, कामअनुसारको आम्दानी हुँदैन,” उनले भने, “धेरै दुःख गर्नुपर्ने भएकाले नयाँ पुस्ताले यो पेसाप्रति चासो दिनै छाडे।”
पानी भएको खोल्साखोल्सीमा निर्माण गरिएको ठेकी भाँडा बनाउने ठाउँ चिसो हुने भएकाले स्वास्थ्य समस्याको जोखिम छ। “हाम्रो पुर्ख्यौली पेसा संकटमा परेको छ। यसको संरक्षणमा सरकारले ध्यान दिए हुन्थ्यो,” उनले भने।
आफूले बलकै भरमा परम्परागत रूपमा काम गरिरहेको उनले सुनाए। “बाउबाजेले जसरी गरे, हामीले पनि त्यसरी नै काम गर्दै आएका छौँ। आधुनिक उपकरण खरिद गर्नका लागि स्थानीय सरकार तथा सरोकारवाला कसैले चासो देखाएनन्।”
काठको सामग्री बनाउन दार, पँयले, लौठसल्ला, मौवा, कटहरलगायत रुखको काठ उपयोगी हुने बताइन्छ। उनका अनुसार पछिल्लो समय त्यस्ता काठसमेत अभाव हुँदै गएको छ।
परम्परागत रूपमा काठबाट बनेका ठेकी, पाथी र मानालगायत वस्तु लोप हुने अवस्थामा पुगेका छन्। कलात्मक तरिकाले कुँदिएका दूध दुहुने ढुङ्ग्रो, दही जमाउने ठेकी, अन्न भर्ने पाथी र माना तथा हर्पे, मोही पार्ने घुर्रोजस्ता वस्तु उत्पादन भएर त्यतिकै मात्रामा गाउँमा बिक्री हुने गरेको थियो। अहिले गाउँमा ती वस्तु लोप हुने अवस्थामा पुगेका छन्।
अहिले जताततै प्लास्टिकका वस्तु प्रयोग भएकाले काठबाट बनेका वस्तु लोप हुन थालेको मन्थली–१३ का ओमकार अधिकारी बताउँछन्। “प्लास्टिक, सिलाबर र स्टिलबाट बनेका भाँडाको सट्टामा गाउँकै सामुदायिक वन र व्यक्तिको बारीको कान्लामा हुने ठूलो रुख कटहर र दारका काठबाट ठेकी निर्माण गरिन्थ्यो,” उनले भने, “तर, अहिले गाउँमा काठको अभावमा यो पेसामा लाग्ने व्यक्तिसमेत पलाएन भइसके।”
दही जमाउने माटाका भाँडा तथा आधुनिक प्रविधि आएका कारण पेसा संकटमा परेको हो। “पहिला ठेकी पुर्याउन नै गाह्रो हुन्थ्यो। अहिले बनेका ठेकीसमेत बिक्री नभएर घरमा थन्काउन बाध्य हुनुपरेको छ,” धनबहादुरले भने, “घरमा सजावटका लागि केहीले किने भने मात्र नत्र ठेकीको व्यापार धेरै कम भइसक्यो।
विशेषगरी, दलित समुदायको विक र सार्की जातिले मात्र अपनाएको यो पेसा संकटमा पर्दै जाँदा उनीहरूको रोजीरोटी पनि खोसिँदै गइरहेको छ।
सरकारले यस्ता पेसालाई संरक्षण गर्नसके पछिल्लो पुस्ताले पनि ठेकीलगायत काठजन्य वस्तु उत्पादनका बारेमा जानकारी पाउने मन्थली माविका प्रधानाध्यापक टंकप्रसाद दाहालले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
