१५ केन्द्रमा मतदान अवरुद्ध

निर्वाचन आयोगका अनुसार दिउँसो साढे ३ बजेसम्म देशभर १५ मतदान केन्द्रमा मतदान कार्य रोकिएको छ।

काठमाडौं– आज देशभर बिहानैदेखि मतदान जारी छ। प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन, २०७९ मा लागि बिहानैदेखि मतदान जारी छ। 

निर्वाचन आयोगका अनुसार दिउँसो साढे ३ बजेसम्म देशभर १५ मतदान केन्द्रमा मतदान कार्य रोकिएको छ। रोकिएका मतदान केन्द्रमा पुनः मतदान अघि बढाउनका लागि प्रयास भइरहेको आयोगले जनाएको छ।