कस्तो रहनेछ शनिबारको मौसम?

तराईमा बिहान लागेको हुस्सु तथा कुहिरो मध्यान्नपछि क्रमिक रूपमा हट्दै जानेछ। 

काठमाडौँ– नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। 

जसका कारण पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सामान्यतया सफा रहेको छ। तराईका केही स्थानमा हुस्स तथा कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो पहाडी भूभागमा आंशिक बदली रहनेछ। कोशी र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। 

यसैगरी, राती पनि पहाडी भूभागमा आंशिक बदली रहनेछ। कोशी र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

बिहानको समयमा तराईमा लागेको हुस्सु तथा कुहिरो मध्यान्नपछि क्रमिक रूपमा सुधार हुँदै जानेछ। 

जसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सावधानी अपनाउन महाशाखाको अनुरोध छ।