पोखरा महानगरपालिका–६ का वडा सदस्य दीपेन्द्र पहारीसहित चार जनालाई प्रहरीले ठगीसम्बन्धी मुद्दामा पक्राउ गरेको छ।
कास्की– पोखराका एक जनप्रतिनिधि ठगी मुद्दामा पक्राउ परेका छन्।
पोखरा महानगरपालिका–६ का वडा सदस्य ४२ वर्षीय दीपेन्द्र पहारीसहित चार जनालाई प्रहरीले ठगीसम्बन्धी मुद्दामा पक्राउ गरेको हो।
उनीहरूमाथि पर्यटकीय क्षेत्र लेकसाइडमा फोटोग्राफी व्यवसाय दर्ता गर्ने भन्दै १५ जनाबाट प्रतिव्यक्ति १३ हजार ५०० उठाएर दर्ता नै नगरी ठगी गरेको पीडितको आरोप छ। पीडितको जाहेरीको आधारमा चारै जनालाई पक्राउ गरिएको कास्की प्रहरीका डीएसपी श्रवणकुमार विकले जानकारी दिए।
पक्राउ पर्नेमा वडा सदस्य पहारीसहित पोखरा–६ लेकसाइड बैदाम बस्ने ४१ वर्षीय विकास पहारी, लेकसाइडकै २२ वर्षीय प्रवीण विश्वकर्मा र २४ वर्षीय अभिषेक परियार छन्। घटनामा संलग्न अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ।
पक्राउ परेकालाई जिल्ला अदालतबाट ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभसम्बन्धी मुद्दामा १० दिनको म्याद थप गरी अन्य अनुसन्धान अघि बढाइएको डीएसपी विकले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
