एक सातादेखि बढेको चिसोले बालबालिका, वृद्ध र सुत्केरी महिला बढी प्रभावित भएका छन्। अस्पतालमा बिरामीको संख्या पनि बढेको छ।
जुम्ला– जुम्लाको न्यूनतम तापक्रम माइनसमा झरेसँगै जाडोले यहाँको जनजीवन प्रभावित भएको छ।
शनिबार बिहान जिल्लाको न्यूनतम तापक्रम माइनस २.६ डिग्री सेल्सियस रहेको हावापानी फिल्ड कार्यालय जुम्लाका प्रमुख महेश शर्माले जानकारी दिए।
एक सातादेखि बढेको चिसोले जिल्लाको जनजीवन प्रभावित भएको छ। चिसो बढेसँगै बिहान–बेलुका घरबाट बाहिर निस्कन कठिन भएको चन्दननाथ–४ की सरिता न्यौपानेले बताइन्। अस्पतालमा बिरामीको संख्या पनि बढेको छ।
चिसो बढेसँगै रुघाखोकीका बिरामीको चाप बढेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका निर्देशक पुजन रोकायले बताए।
चिसोकै कारण यहाँका स्वास्थ्य केन्द्रलगायत प्रतिष्ठानमा ज्वरो, रुघाखोकी, दम, कोल्ड डायरियाका बिरामीको संख्या बढेको उनको भनाइ छ। अहिले दैनिक २०० भन्दा बढी बिरामी उपचारका लागि प्रतिष्ठानमा आउने गरेका छन्।
लगातार बढ्दै गएको जाडोबाट बालबालिका, वृद्ध र सुत्केरी महिला बढी प्रभावित भएका छन्।
बालबालिका, वृद्धवृद्धा र सुत्केरी महिलामा रुघाखोकी, ज्वरो, दम, हातगोडा सुनिने, दुख्नेलगायत समस्या देखिएको तिला गाउँपालिको रारालिही स्वास्थ्यचौकीका प्रमुख कमल रावतले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
