हरेक १५–१५ दिनमा दूधको भुक्तानी पाउनुपर्ने, लामो समयसम्म दूधको भुक्तानी नपाउँदा दुग्ध उत्पादक किसानले पशुलाई आहार खुवाउनसमेत कठिन भइरहेको बताएका छन्।
चितवन– जिल्लाका दुग्ध उत्पादक किसानले दूध बिक्रीबापतको २२ करोड रुपैयाँ पाउन सकेका छैनन्। यहाँ रहेका ११५ दुग्ध उत्पादक सहकारीले भुक्तानी पाउन नसक्दा किसानले समेत दूधको मूल्य पाउन नसकेका हुन्।
असोजदेखिको भुक्तानी रकम नपाउँदा किसान चिन्तित बनेको जिल्लाको दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले बताए। “दुग्ध विकास संस्था र निजी दुग्ध उत्पादक कम्पनीले दूध लगेबापतको रकम अहिलेसम्म नदिँदा किसानलाई समस्या भएको छ,” उनले भने।
हरेक १५–१५ दिनमा दूधको भुक्तानी पाउनुपर्ने भए पनि लामो समयसम्म दूधको भुक्तानी नपाउँदा दुग्ध उत्पादक किसानले पशुलाई आहार खुवाउनसमेत कठिन बन्दै गएको उनको भनाइ छ।
दुग्ध विकास बोर्डबाट यहाँका किसानले ११ करोड रुपैयाँ, पोखरामा रहेको सुजल डेरी उद्योगले दुई करोड रुपैयाँ र अन्य निजी डेरी कम्पनीको गरेर २२ करोड रुपैयाँ रकम बाँकी रहेको छ।
यहाँ दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुँदै आएको बगालेले बताए। उनले भने, “अहिले दूध खपत हुन कठिन भएको छ, तर जेनतेन गइरहेको छ।”
यहाँ उत्पादित दूधमध्ये एक लाख ५० हजार लिटर जिल्लाबाहिर जाने गरेको छ। अन्य दूध जिल्लामै खपत हुने गरेको उनले जानकारी दिए।
“किसानले भुक्तानी नपाउँदा समस्या भएको छ, अन्य जिल्लामा ‘मिल्क होडिडे’ मनाउन थाले, यहाँ अहिले नै त्यस्तो नहोला भन्नेमा छौँ,” उनले भने।
उत्पादित दूध बिक्री गर्न कठिन हुने गरेको उनले बताए। अघिल्ला वर्षको तुलनामा यस वर्ष यो समयमा कम दूध बिक्री भएको उनले जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
