स्वामिकार्तिक खापर गाउँपालिका १ को भगवती आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रको मतपेटिकामा आगजनी भएको हो।
काठमाडौं– बाजुराको एक मतपेटिकामा आगजनी भएको छ। स्वामिकार्तिक खापर गाउँपालिका १ को भगवती आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रको मतपेटिकामा आगजनी भएको हो।
जिल्ला प्रहरी प्रमुख डीएसपी सूर्य थापाले ‘क’ केन्द्रमा रहेको प्रदेशसभा समानुपातिकतर्फको मतपेटिकामा आगो लागेको अवस्थामा भेटिएको जानकारी दिए।
“मतपेटिकाभित्र प्रज्वलनशील वस्तु राखेपछि आगो लागेको देखिएको छ,” उनले भने, “घटनाबारे अनुसन्धान भइरहेको छ।”
आगजनी कसले गरेको भन्ने अहिलेसम्म खुलिसकेको छैन। मतपेटिका नै जलेपछि त्यहाँ मतदान कार्य रोकिएको छ। ८४० मतदाता रहेको उक्त मतदान केन्द्रमा ५२८ मत खसेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
