रौतहटमा ११ हजार केभिए प्रसारण लाइनको तार चुँडिएर करेन्ट लाग्दा खेत जोतिरहेका किसानको मृत्यु भएको छ।
काठमाडौँ– रौतहटमा खेत जोतिरहेका किसानको करेन्ट लागेर मृत्यु भएको छ।
शनिबार मध्याह्न रौतहटको माधवनारायण नगरपालिका– ६ लौकहाका ५५ वर्षीय बैजुलाल पण्डितको ११ हजार केभिए प्रसारण लाइनको तार चुँडिएर करेन्ट लाग्दा मृत्यु भएको हो।
माधवनारायणका नगरप्रमुख बैजनाथप्रसाद यादवले खेत जोतिरहेको अवस्थामा बिजुलीको तार चुँडिर करेन्ट लाग्दा किसान पण्डितको मृत्यु भएको बताए। करेन्ट लागेर एउटा गोरु पनि मरेको छ।
उनका अनुसार पण्डितको मृत्युपछि स्थानीयले विरोध जनाएका थिए। स्थानीयले नेपाल विद्युत् प्राधिकरणले चरम लापरबाही गरेको आरोप लगाउँदै शव उठाउन दिएका थिएनन्।
त्यसपछि रौतहटका प्रमुख जिल्ला अधिकारीसहितको टोली निरीक्षणका लागि पुगेको थियो। सर्वपक्षीय छलफलमा राहत उपलब्ध गराउने प्रतिबद्धता आएपछि मृतक पण्डितको शव पोस्टमार्टमका लागि पठाइएको उनले बताए।
दिउँसो भएको छलफलमा विद्युत् प्राधिकरणका प्रतिनिधिले मृतकका परिवारलाई क्षतिपूर्ति दिने प्रतिबद्धता जनाएपछि शव उठान स्थानीय सहमत भएको उनले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
