भ्रष्टाचारविरुद्ध जागरण ल्याउने र नेपालगन्जको पहिचानलाई व्यापकता दिने उद्देश्यका साथ ‘नेपालगन्ज वाकाथन’ गर्न थालिएको आयोजकको भनाइ छ।
काठमाडौँ– भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा बाँकेको नेपालगन्जमा ‘वाकाथन’ आयोजना भएको छ। २०औँ भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा ‘भ्रष्टाचारविरुद्धका लागि सँगै हिँडौँ’ भन्ने नाराका साथ बास नेपालको आयोजना र अन्तरालको सहकार्यमा वाकाथन कार्यक्रम गरिएको हो।
वाकाथन नेपालगन्जको गणेशमान चौकबाट शनिबार बिहान ७ बजे शुरू भई विभिन्न सन्देशसहितको नारा अंकित प्लेकार्ड, प्रहरीको ब्यान्डबाजासहित धम्बोझी चौकमा पुगेर समापन गरिएको थियो। भ्रष्टाचारविरुद्ध जागरण ल्याउने र नेपालगन्जको पहिचानलाई व्यापकता दिने उद्देश्यका साथ नेपालगन्ज वाकाथन गर्न थालिएको आयोजकको भनाइ छ।
कार्यक्रममा बोल्दै बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले नेपालगन्जलाई सुशासनयुक्त शहरको रूपमा पहिचान बनाउन सकिने बताए। सामाजिक सद्भावको शहरका रूपमा स्थापित नेपालगन्जलाई देशकै पहिलो सुशासनयुक्त शहरको रूपमा स्थापित गर्नुपर्नेमा उनको जोड थियो।
बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसलाई नेपाल सरकारले नमनाउने गरेको उल्लेख गर्दै दिवस मनाउन सरकारसँग माग गरे। नागरिकहरूको साझा आवाजका रूपमा नेपालगन्ज वाकाथन गर्न थालिएको बताए।
सन् २००३ को डिसेम्बर ९ मा संयुक्त राष्ट्रसंघीय महासभाले भ्रष्टाचारविरुद्धको महासन्धि पारित गरेको थियो। कुल १३४ राष्ट्रले हस्ताक्षर गरी महासन्धि पारित गरेको दिनलाई भ्रष्टाचारविरुद्ध अन्तर्राष्ट्रिय दिवसको रूपमा विश्वभर मनाउन थालिएको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
