ठक्कर दिने गाडी र चालकलाई इलाका प्रहरी कार्यालय माडीले नियन्त्रणमा लिएको छ।
भरतपुर– चितवनको माडीमा गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा मोटरसाइकल चालक सूर्य अधिकारी र मोटरसाइकल पछाडि बसेका बेगबहादुर खत्री छन्।
अधिकारी माडीको सोमेश्वर माध्यमिक विद्यालयका लेखापाल तथा खत्री सोही विद्यालयमा कार्यरत शिक्षक हुन्। दुर्घटनामा अर्का शिक्षक भवानीप्रसाद पौडेल घाइते भएको इलाका प्रहरी कार्यालय माडीका प्रमुख दीपक रिजालले जानकारी दिए।
माडी नगरपालिका–१ बरुवास्थित चिताई खोलाको पुलमा लु२च २५०८ नम्बरको गाडीले बागमती प्रदेश०६००१प ४०९३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
ठक्करबाट गम्भीर घाइते भएका खत्रीको बगौडा अस्पतालमा र अधिकारीको भरतपुरमा उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको रिजालले बताए।
घाइते स्याङ्जा घर भएका पौडेलको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ। ठक्कर दिने गाडी र चालकलाई इलाका प्रहरी कार्यालय माडीले नियन्त्रणमा लिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
