क्रिसमस भोज खाएपछि बिरामी परेका २९ जनाको उपचार भइरहेको छ। प्रहरीका अनुसार भोजमा ४० जना सहभागी थिए।
लमजुङ– लमजुङमा सामूहिक भोज खाएकामध्ये एक जनाको मृत्यु भएको छ भने २९ जना बिरामी भएका छन्।
बेँसीसहर नगरपालिका– ४ पुरानोकाट घर भई सुन्दरबजार–९ बस्दै आएकी ३२ वर्षीया देवी परियारको आइतबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघनाथ चापागाईँले जानकारी दिए।
प्रहरी निरीक्षक चापागाईँका अनुसार सुन्दरबजार नगरपालिका–८ स्थित क्षेत्रबहादुर गुरुङको घरमा शुक्रबार बेलुका क्रिसमसको उपलक्ष्यमा आयोजना गरिएको सामूहिक भोजमा परियारले पनि खाना खाएकी थिइन्।
त्यसपछि उनलाई टाउको दुख्ने, ज्वरो आउने र पखाला लागेपछि सुन्दरबजारको एचडीसीएस नमुना सामुदायिक अस्पताल लिगएको थियो। अस्पतालमा ल्याउनेबित्तिकै चिकित्सकले मृत घोषणा गरेका थिए।
अस्पतालका अनुसार मृतक परियारका श्रीमान् देवु , १२ वर्षीय छोरी विद्यासहित २९ जना हाल उक्त अस्पतालमा उपचाररत छन्। प्रहरीका अनुसार भोजमा ४० जना सहभागी थिए।
“भोजमा भात, कालो दाल, कुखुराको मासु र मुलाको अचार खाएका रहेछन्,” प्रहरी निरीक्षक चापागाईंले भने, “बिरामी भएर अस्पताल आउने क्रम जारी छ। घटनाको अनुसन्धान भइरहेको छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
