गोलभेँडा बिक्री नभएपछि सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी–१४ डढुवाका किसान मारमा परेका छन्। गोलभेँडा बारीमै कुहिन थालेको उनीहरूको गुनासो छ।
चौतारा– सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी–१४ डढुवामा उत्पादित गोलभेँडा बिक्री नभएपछि किसान समस्यामा परेका छन्।
यहाँका हरेक किसानले दैनिक ३० देखि ५०० क्रेट गोलभेँडा उत्पादन गरेका छन्। तर, मुस्किलले २०० क्रेट मात्रै बिक्री भएको उनीहरू बताउँछन्।बजार नपाएपछि गोलभेँडा बारीमै कुहिन थालेका छन्।
गत आर्थिक वर्ष करिब ११ लाख किलो गोलभेँडा उत्पादन गरेर बिक्री गरेका किसानले यस वर्ष बजार नपाउँदा घाटा बेहोर्नुका साथै बारीमै कुहिन थालेको वडाअध्यक्ष उद्धव नेपालले बताए। उनका अनुसार तरकारी र दूधबाट आत्मनिर्भर हुँदा हौसिएका किसान गेलभेँडाले बजार नपाउँदा भने निरास भएका छन्।
गत वर्ष तीन लाख ७० हजारको गोलभेँडा बिक्री गरेका रेशमबहादुर आलेमगरले यस वर्ष एक लाखको पनि बिक्री नभएको बताए। “बीउ, गोडमेल, औषधिलगायतमा करिब तीन लाख जति खर्च भएको छ,” उनले भने, “गत वर्षको तुलनामा यस वर्ष बढी खर्च भएको हो। करिब छ लाख बराबरको उत्पादन भए पनि लगानी उठाउन समस्या छ।”
इन्द्रबहादुर पुरीले गतवर्ष ३०० क्रेट बेच्दा दुई लाख १० हजार नाफा गरेका थिए। यस वर्ष ५०० क्रेट बेच्दासमेत नाफा हुन नसकेको उनको गुनासो छ। उत्पादन बढी भए पनि बजार मूल्य कम हुँदा लगानी उठाउन समस्या भएको उनको भनाइ छ।
गतवर्ष दुई लाख २३ हजारको गोलभेँडा बेचेका खिनकुमारी बस्नेतले यस वर्ष झन्डै एक लाख घाटा बेहोरेको सुनाइन्। अर्का किसान राजेन्द्र बस्नेतले यसवर्ष ज्याला पनि नउठ्ने बताए। उनी वैदेशिक रोजगारीबाट फर्किएर गोलभेँडा खेतीमा लागेका हुन्। “विदेशबाट कमाएर ल्याएको अलिअलि पैसा पनि यसैमा लगानी गरियो। अहिले बिक्री गर्न नै समस्या भयो,” उनले भने।
नेत्रज्योति कृषि सहकारी संस्थाका अध्यक्ष कृष्णबहादुर नेपालले तत्काल नगरपालिकासँग समन्वय गरेर गोलभेँडाको सस, अचार, काउली तथा सागको गुन्द्रुक बनाउन लागेको जानकारी दिए। यसका लागि घरेलु तथा साना उद्योग कार्यालयबाट तालिमको व्यवस्था गर्न लागिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
