पक्राउ पर्नेमा हेटौँडा–९ का ३३ वर्षीय निश्चल पौडेल, ३५ वर्षीय गणेश घले र ३० वर्षीय प्रितम क्षेत्री छन्। उनीहरूले स्थानीय सूर्यप्रसाद पौडेलको घरमा गोली हानेको र फोनबाट धम्क्याएको प्रहरीको दाबी छ।
मकवानपुर– मकवानपुरमा एक करोड फिरौती मागेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा हेटौँडा–९ का ३३ वर्षीय निश्चल पौडेल, ३५ वर्षीय गणेश घले र ३० वर्षीय प्रितम क्षेत्री रहेका छन्।
एसपी सीताराम रिजालका अनुसार तीन जना मिलेर मंसिर १९ गते राति हेटौँडा–९ का सूर्यप्रसाद पौडेलबाट फिरौती रकम मागेका थिए। उनीहरूले पौडेलको घरमा गोली प्रहार गरेका थिए। फिरौती माग्ने निश्चल सूर्यप्रसादका भतिजा हुन्। तीनैजना आरोपितलाई प्रहरीले आइतबार सार्वजनिक गरेको छ।
प्रहरी उपरीक्षक रिजालका अनुसार पक्राउ परेको समूहले सूर्यप्रसादको घरमा पाँच राउन्ड गोली प्रहार गरेको थियो। घटनाको मुख्य योजनाकार निश्चल रहेको एसपी रिजालको भनाइ छ।
“निश्चलले नै सूर्यप्रसादको घरमा गोली हान्न लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,” उनले भने। उनीहरूले चलाएको गोलीबाट मानवीय क्षति भने भएको छैन। “फिरौती रकम माग्न तर्साउने उद्देश्यले घरको भित्तामा गोली हानेको पाइएको छ,” उनले भने, “फिरौती नदिए जे पनि हुनसक्छ भनेर आरोपितले फोनबाट धम्की दिएको खुलेको छ।”
प्रहरीले योजनाकार निश्चलको साथबाट पेस्तोलसहित २० थान गोली बरामद गरेको छ। आरोपितले हेटौँडा–४ मा कोठा भाडामा लिएर लागु औषधको कारोबारसमेत गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ।
प्रहरीले तीनैजनाको साथबाट दुई मोटरसाइकल, दुई ग्राम खैरो हिरोइन, पाँच थान मोबाइल र ५० हजार रुपैयाँ बरामद गरेको छ।
पक्राउ परेका तीनै जनामाथि ज्यान मार्ने उद्योग, लागुऔषध कारोबार र हातहतियारसम्बन्धी मुद्दा चलाइने एसपी रिजालले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
