भारतको राजस्थानस्थित जैसलमेर जिल्लामा पर्छ राजकुमारी रत्नावती छात्रा स्कुल। ५० डिग्री सेस्सियस तापक्रममा पनि यस विद्यालय भित्रको वातावरण चिसो भइरहन्छ।
बिना एसी, बिना पंखा, मरुभूमिको बीचैमा छ विद्यालय। मरुभूमिको त्यस्तो पोल्ने गर्मीमा कसरी पढ्छन् होला त विद्यार्थी?, जोकसैलाई खुलदुली लाग्न सक्छ।
भारतको राजस्थान प्रदेशस्थित जैसलमेर जिल्लामा पर्छ राजकुमारी रत्नावती छात्रा स्कुल। मरुभूमिको बीचमा कुनै राजाले बनाउन लगाएको भव्य महलजस्तो देखिन्छ। यहाँ गर्मीमा शीतल हुने मात्र नभएर, मरुभूमिको जाडोमा पनि तापक्रम बनाइराख्ने गरी भवनको डिजाइन गरिएको छ।

सन् २०२१ को नोभेम्बरमा यो भवन निर्माण गरिएको थियो। भारतीय सञ्चारमाध्यमका अनुसार यस विद्यालयको नाम जैसलमेरकी तत्कालीन राजकुमारी रत्नावती भाटीको नाममा राखिएको हो। मरुभूमिको बीचमा २२ बिघा जमिनमा फैलिएको छ। माइकल ड्युबद्वारा स्थापित स्वयंसेवी संस्था सीआईटीटीए फाउन्डेसनको सहयोगमा जैसलमेर राजपरिवारका सदस्य चैतन्यराज सिंह तथा बालिका शिक्षा अभियन्ता मावेन्द्र सिंहले मिलेर यो स्कुल निर्माण गरेका हुन्। सीआईटीटीएले आर्थिक सहयोग गर्दै आएको छ।
न्युयोर्ककी आर्किटेक्ट इन्जिनियर डायना केलागले यो भवनको डिजाइन गरेकी हुन्। यस्तै छात्राको ड्रेसको डिजाइन प्रसिद्ध ड्रेस डिजाइनर सब्यसाची मुखर्जीले गरेकी छन्। ड्रेसमा घुँडासम्मको नीलो रंगको फ्रकका साथ मेरुन रंगको वेस्ट पेन्ट तोकिएको छ।

यो विद्यालयलाई विशेष तरिकाले निर्माण गरिएको छ। यहाँ न एसी छ, न बिजुली। तर पनि ५० डिग्री सेस्सियस तापमानमा यो विद्यालयभित्र चिसो भइरहन्छ। यस विद्यालयको बनावट भारतको संसदभवन जस्तो अण्डाकार छ। तातो मरुभूमिका बीच निर्माण गरिएको यस विद्यालयको भवन वास्तुकलाको बेजोड नमूना मानिन्छ। यसमा डिजाइन गरिएको जालिदार पर्खाल तथा हावादार छतले यहाँको तापक्रमलाई अनुकूल बनाइराख्छ।
पँहेलो बालुवा ढुंगाबाट अण्डाकार आकारमा निर्माण गरिएको यो विद्यालयमा सौर्य उर्जाको प्रयोग गरिएको छ। छात्राको पढाइलाई बढावा दिन सञ्चालनमा ल्याइएको यस विद्यालयमा अध्ययन गर्न कुनै शुल्क लाग्दैन। यसका साथै यहाँ अध्ययन गर्ने छात्रालाई खाना पनि दिइन्छ। कक्षा १० सम्म पढाइ हुने यो विद्यालयले अंग्रेजी र कम्प्युटर शिक्षामा जोड दिने गरेको छ। ४०० विद्यार्थीलाई पढाउन सक्ने क्षमता छ।

कोनाइ गाउँमास्थित यस विद्यालयमा भ्रमण गर्न विभिन्न ठाउँबाट पर्यटकहरू आउने गरेका छन्। विद्यालयको सुन्दर डिजाइन, मरुभूमिका बीच शान्त वातावरणमा हुने पढाइलाई अवलोकन गर्न पर्यटक यहाँ पुग्ने गर्छन्।
विद्यालयमा टेक्सटाइल म्युजियम, प्रदर्शन हल र प्रदर्शनी स्थल पनि निर्माण गरिएको छ। यहाँ एक ज्ञान केन्द्र पनि छ, जहाँ प्रसिद्ध कलाकार, डिजाइनर, सामाजिक कार्यकर्ताजस्ता मानिसहरू आउँछन् र महिलाहरूलाई परम्परागत कलाको प्रशिक्षण दिन्छन्। यस बाहेक उनीहरूलाई थप अध्ययनमा पनि सहयोग गरिन्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
