जिल्ला निर्वाचन कार्यालय काठमाडौँका निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईका अनुसार १० वटै क्षेत्रको मतगणना फरक–फरक स्थानमा हुने भएको छ।
काठमाडौँ - काठमाडौंका १० वटै निर्वाचन क्षेत्रको मतगणना आजैदेखि शुरू हुने भएको छ।
जिल्ला निर्वाचन कार्यालय काठमाडौँका निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईले १० वटै क्षेत्रको मतगणना आजैरातिबाट शुरू गरिने जानकारी दिए। “मतपत्र रहेको बाकस आइसकेपछि सर्वदलीय बैठक बसेर आजैदेखि मतगणनाको काम शुरू हुन्छ”, उनले भने, “त्यसको सम्पूर्ण तयारी पुरा भइसकेको छ।”
उनका अनुसार १० वटै क्षेत्रको मतगणना फरक–फरक स्थानमा हुने भएको छ। काठमाडौँ क्षेत्र नम्बर १ को मतगणना बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा, क्षेत्र नम्बर २ को कागेश्वरी मनोहरा नगरपालिकाको थलीस्थित राधाकृष्ण मन्दिरमा, क्षेत्र नम्बर ३ को गोकर्णेश्वर नगरपालिकाको जोरपाटीस्थित चामुण्डा विद्यालयमा, क्षेत्र नम्बर ४ को बुढानिलकण्ठ नगरपालिकाको चपलीस्थित ज्येष्ठ नागरिक भवनमा हुनेछ।
यस्तै क्षेत्र नम्बर ५ को टोखा नगरपालिकाको श्रीसमाज भवनमा, क्षेत्र नम्बर ६ को तारकेश्वर नगरपालिकास्थित धर्मस्थलीमा, क्षेत्र नम्बर ७ को बालाजुस्थित जुडो हलमा मतगणना हुन लागेको हो।
यस्तै क्षेत्र नम्बर ८ को स्वयम्भूस्थित गीतामाता विद्यालयमा, क्षेत्र नम्बर ९ को रविभवनस्थित न्याथम कलेजमा र क्षेत्र नम्बर १० को मतगणना कीर्तिपुरस्थित त्रिवि स्मृति भवनमा मतगणनाको तयारी गरिएको भट्टराईले जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
