नाबालिगलाई ४५ वर्षीय हिमाल शाहीले ‘जबरजस्ती करणी’ गरेको आरोपसहित जाहेरी दर्ता भएपछि प्रहरीले शुरू गरेको अनुसन्धान अन्तिम चरणमा पुगेको छ।
काठमाडौँ– प्रहरीले करिब एक महिनाअघि काठमाडौँमा बस्ने १४ वर्षीया बालिका ‘बलात्कृत’ भएको घटनाको अनुसन्धान अन्तिम चरणमा पुर्याएको छ। गत मंसिर १० गते बालिकामाथि छिमेकमा डेरा गरी बस्दै आएका जुम्लाका पूर्वप्रहरी हल्वदार ४५ वर्षीय हिमाल शाहीले जबरजस्ती करणी गरेको आरोपसहित प्रहरी वृत्त महाराजगन्जमा उनका अभिभावकले जाहेरी दिएका थिए।
अभिभावकले जाहेरी दिएलगत्तै प्रहरीले शाहीलाई पक्राउ गरेर अनुसन्धान शुरू गरेको थियो। घटनाको अनुसन्धानका लागि तीनपटक अदालतबाट म्याद थप गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ। अदालतले प्रहरीलाई शुरूमा पाँच, त्यसपछि सात र पछिल्लो पटक गत शुक्रबार सात दिनको म्याद दिएको थियो।
प्रहरीले पीडित बालिकाको स्वास्थ्य परीक्षण रिपोर्ट आइसकेको बताएको छ। प्रहरी वृत्त महाराजगन्जका डीएसपी अम्मबहादुर थापाले बालिकाको स्वास्थ्य परीक्षण रिपोर्ट अनुसन्धानलाई सघाउ पुग्ने किसिमकै रहेको बताए।
“स्वास्थ्य परीक्षण रिपोर्टका बारेमा अहिले नै धेरै कुरा भन्न मिल्दैन। तर रिपोर्ट अनुसन्धानलाई सघाउने किसिमको नै छ,” उनले भने, “हामी अनुसन्धान सकेर छिट्टै जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाउँछौँ। नाबालिगमाथि जबरजस्ती करणीको कसुरमा (सजाय) माग दाबी गर्छौं।”
प्रहरीमा जाहेरी दर्ता भइसकेपछि घटना सामसुम पार्न पीडित बालिकाका अभिभावकलाई शाहीका परिवारले आर्थिक प्रलोभनमा पार्ने कोशिश गरेका थिए। उनीहरूले स्कुल परिवर्तन गरेर बालिकाको बाँकी अध्ययन खर्च बेहोर्ने र केही आर्थिक सहयोग गर्ने प्रस्ताव बालिकाका अभिभावकसमक्ष राखेका थिए।
घटनाबारे जानकार एक छिमेकीले बालिकाले अबको बयानमा 'जिस्क्याएर पाट्टपुट्ट पिटेको' मात्रै भन्नु पर्ने शर्तमा शाहीका परिवारले बालिकाका बुवालाई ५० हजार रुपैयाँ दिइसकेको सुनेको बताएका थिए। शाहीको परिवारबाट रकम बुझिसकेपछि बयान परिवर्तन गराउनका लागि बालिकालाई उनका बुवाले कुटपिट गरी यातना दिएको ती छिमेकीले बताएका थिए।
पीडित बालिकाका बुवाले आफूले जाहेरी दिएपछि शाहीका भिनाजु, काका र ज्वाइँले 'छलफल गरौँ' भन्दै नजिकैको पसलमा बोलाएर बयान फेर्ने शर्तमा छोरीको स्कुल परिवर्तन गरेर बाँकी पढाइखर्च बेहोर्ने र केही रकम सहयोग गर्ने प्रस्ताव गरेको स्वीकार गरेका थिए। तर आफूले उनीहरूको प्रस्ताव अस्वीकार गरी कानूनी प्रक्रियामै जाने भनेको बालिकाका बुवाले दाबी गरेका थिए। कक्षा ७ मा अध्ययनरत बालिकाका अभिभावक मजदुरी गर्छन्।
बालिका बुवाआमाले शाहीको परिवारबाट रकम लिएर बालिकालाई बयान फेराउन दबाब दिइरहेको सूचना पाएपछि प्रहरीले तत्कालै बालिकासहित उनका अभिभावकलाई प्रहरी वृत्त महाराजगन्जमा झिकाएको थियो। त्यसपछि बालिकासँग थप बयान लिएर बालिकालाई संरक्षणका लागि नेपाल बाल मजदुर सरोकार केन्द्र (सिबिन) मा पठाएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
