प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहालले संक्रमणकालीन न्याय राष्ट्रिय सहमतिबाट नटुंगिए प्रजातान्त्रिक प्रक्रियाबाट टुंग्याउने बताएका छन्।
काठमाडौँ– प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संक्रमणकालीन न्याय राष्ट्रिय सहमतिबाट नटुंगिए प्रजातान्त्रिक प्रक्रियाबाट टुंगो लगाउने बताएका छन्।
आइतबार गम्भीर मानवअधिकार उल्लंघनका पीडितहरूको राष्ट्रिय सञ्जालद्वारा बालुवाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले संक्रमणकालीन न्याय राष्ट्रिय सहमतिबाट टुंग्याउने अन्तिम प्रयास गर्ने तर समझदारी नभए बहुमतका आधारमा टुंग्याउने बताएका हुन्।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको मध्यपहाडी लोकमार्ग यात्रा पुस पहिलो साता सकिने र त्यसपछि संसद् अधिवेशन आह्वान हुने उनको भनाइ थियो। उनले अब बस्ने सदनमा पहिलो अजेन्डाका रूपमा संक्रमणकालीन न्यायलाई प्रवेश गराउने प्रतिबद्धता जनाए।
“सदनमा पहिलो अजेन्डाका रूपमा यस (संक्रमणकालीन न्यायसम्बन्धी विषय)लाई प्रवेश गराइन्छ। राष्ट्रिय सहमति गराउने अन्तिम प्रयास हुनेछ। भएन भने डेमोक्रेटिक प्रक्रियाबाट टुंग्याइन्छ,” उनले भने।
प्रधानमन्त्री दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि धावा बोल्ने कोशिश उल्लेख गर्दै त्यस्ता प्रयासलाई निस्तेज पार्न एक भएर अगाडि बढ्नुपर्ने बताए। उनले देशमा देखिएका समस्यालाई सकारात्मक ढंगबाट टुंग्याउनुपर्ने धारणा राखेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
