कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपातको सम्भावना

कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हिमपातको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।

काठमाडाैँ– अहिले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहेको छ। तराईका केही स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ।

सोमबार दिनभर पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहने माैसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको छ।

राति पनि पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हिमपातको सम्भावना रहेको छ। 

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।