हङकङको न्यू टेरिटोरीस्थित ताइमेई तू बाट गत शुक्रबार राति १० बजे शुरू भएको एक सय किलोमिटरको प्रतिस्पर्धामा सुनमायाले १४ घण्टा ४० मिनेटमा निर्धारित दुरी पार गरी प्रथम भएकी थिइन्।
काठमाडाैँ– हङकङमा आयोजित साहसिक खेल अल्ट्रा ट्रेल रेसमा जुम्लाकी सुनमाया बुढाले प्रथम स्थान हात पारेकी छन्। सुनमायाले हङकङमा ‘द नर्थ फेस १०० अल्ट्रा ट्रेल च्यालेन्ज २०२३’ को उपाधि हात पार्न सफल भएकी हुन्।
हङकङको न्यू टेरिटोरीस्थित ताइमेई तू बाट गत शुक्रबार राति १० बजे शुरू भएको एक सय किलोमिटरको प्रतिस्पर्धामा सुनमायाले १४ घण्टा ४० मिनेटमा निर्धारित दुरी पार गरी प्रथम भएकी थिइन्। यो कीर्तिमानीले सुनमायालाई शीर्षस्थानमा पुर्याएको हो। हङकङमा भएको ट्रेल रेस प्रतिस्पर्धामा सुनमायाको लगातार पाँचौँ जितसहित नयाँ कीर्तिमानी राखेकी छन्।
पुरुषतर्फ नेपालका अर्जुन कुलुङ राईले तेस्रो स्थान हात पारेका थिए। कुलुङले निर्धारित दुरी १४ घण्टा ४७ मिनेट २६ सेकेन्डमा पूरा गरी तेस्रो स्थान प्राप्त गरे। फिलिपिन्सका जोन रे ओनिफाले ११ घण्टा ५७ मिनेट १६ सेकेन्डमा तोकिएको दुरी पार गरी प्रथम हुँदा स्विट्जरल्यान्डका गुइल्लौमे पेरोटले १४ घण्टा २ मिनेट ९ सेकेन्डमा पूरा गरेर दोस्रो भए।
सो प्रतिस्पर्धामा हङकङकै चेउङ मन यीले १४ घण्टा ५९ मिनेट २ सेकेन्ड र एन्जी यानले १६ घण्टा २५ मिनेट ३१ सेकेन्डमा पूरा गरी दोस्रो र तेस्रो स्थान हासिल गरेका छन्। दौडका क्रममा भने आफूले बाटो बिराउँदा हतासिनु परेको सुनमायाले बताइन्। प्रतिस्पर्धामा भएको दुःख सुनाउँदै सुनमायाले भनिन्, “म र अर्जुन हामी दुवैले एक नम्बर चेक पोइन्टबाट बाटो बिराएका थियौँ। रातिको समय अनि द्विविधायुक्त चिह्नका कारण हामीलगायत धेरै प्रतियोगीले बाटो बिराएका थिए।
आफूले पहिलो पटक रात्रिकालीन समयको बाटोमा दौड्नु परेकाले आठ किलोमिटर बाटो बिराएको उनले बताइन्। सुनमायाले भनिन्, “दौड शुरूपश्चात् करिब १२/१३ किलोमिटर दुरीको उकालो पार गरेपछि चेक पोइन्ट १ मा पुगिन्थ्यो। पुगेपछि त्यहाँ दुईवटा चिह्न राखिएको थियो। अब कुन बाटो जाने भन्ने दोधारमा परियो। दौडका क्रममा केही प्रतिस्पर्धी त्यही बाटो लागेकाले हामी पनि पनि उतै लाग्यौँ।”
बाटो बिराउँदा हरेस खाएकी उनले एक चिनियाँ पुरुष प्रतिस्पर्धीको सहयोगमा पुनः एक नम्बर चेक पोइन्टमा फर्केर तोकिएको ट्रेल रेसको यात्रामा लागिएको बताइन्। हारे पनि दौड्न छोड्नु हुन्न भनेर रेसमा जोडिएकी सुनमायाले लगातार ७५ किलोमिटर दुरी पार गरेपछि चेक पोइन्ट ७ मा निकटतम प्रतिस्पर्धीलाई भेटाएको जनाइन्। प्रतिस्पर्धीलाई भेट्दा आँट बढेर त्यहीँबाट उछिन्न सफल भएको बताउँदै पछाडि नफर्केरै जित हात पारेको उनले बताइन्। सुनमायाले द नर्थ फेस टिम एपीएबाट प्रतियोगितामा भाग लिएकी थिइन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
