सार्वजनिक खरिद तथा अनुगमन कार्यालयले सोमबार सूचना जारी गर्दै विभिन्न १२ कम्पनीलाई एकदेखि तीन वर्षसम्म कालोसूचीमा राखेको जनाएको छ।
काठमाडौँ– प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको सार्वजनिक खरिद तथा अनुगमन कार्यालयले १२ वटा ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको छ।
कार्यालयले सोमबार सूचना जारी गर्दै विभिन्न १२ कम्पनीलाई एकदेखि तीन वर्षसम्म कालोसूचीमा राखेको जनाएको छ। सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३ उपदफा १ बमाेजिम कम्पनीलाई कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ।
कालोसूचीमा पर्ने ठेकेदार कम्पनीहरूमा सिरहाको आदर्श कन्स्ट्रक्सन कम्पनी, पोखराको त्रिवेणी निर्माण सेवा, नेपालगञ्जको गंगोत्री देवी निर्माण सेवा, पाँचथरको कमल कन्स्ट्रक्सन, बाँकेको अनामिका कन्स्ट्रक्सन, बाँकेकै भावेश कन्स्ट्रक्सन, काठमाडौँको ऊर्जा–कृशभ मस्ट जेभी छन्। यस्तै, जुम्लाको प्रान्जल निर्माण सेवा, पर्साको रोहित निर्माण सेवा, बझाङको पारस निर्माण सेवा, सुर्खेतको रुमानी निर्माण सेवा रहेका छन्।
कालोसूचीमा राखिएको अवधिभर ती कम्पनीले सार्वजनिक निकायको कुनै पनि प्रकारको खरिद प्रक्रियामा भाग लिन नपाइने सूचनामा उल्लेख छ।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
