५३ वर्षीय जेभियर मिलेई एक अर्थशास्त्री पनि हुन्। उनले आफ्नो चुनाव प्रचारका क्रममा अर्जेन्टिनाको अर्थव्यवस्था सुधार्ने वाचा गरेका थिए।
अर्जेन्टिनाका नवनिर्वाचित राष्ट्रपति जेभियर मिलेईले शपथ ग्रहण गरेका छन्। आइतबार शपथ ग्रहणपछि उनले देशको डुब्दै गरेको अर्थतन्त्रलाई माथि उकास्ने प्रतिबद्धता व्यक्त गरे।
शपथ ग्रहण समारोहको अध्यक्षता पूर्व राष्ट्रपति अबर्टो फर्नान्डेजले गरेका थिए। नयाँ राष्ट्रपतिको कार्यभार सम्हाल्दै मिलेईले देशमा आमूल परिवर्तन ल्याउने बताएका छन्। ५३ वर्षीय मिलेई एक अर्थशास्त्री पनि हुन्। उनले आफ्नो चुनाव प्रचारका क्रममा अर्जेन्टिनाको अर्थव्यवस्था सुधार्ने वाचा गरेका थिए।
उनले शपथ ग्रहणपछि अर्जेन्टिनी संसदको बाहिर ठूलो जनसमूहलाई सम्बोधन गर्दै उनले भने, "आज अर्जेन्टिनाको लागि नयाँ युगको शुरुआत हो। लामो समयदेखिको आर्थिक गिरावटको अन्त्य हुँदैछ, हामी पुनर्निमाणको मार्गमा छौँ।"
उनले आमूल परिवर्तन चाहेरै आफूलाई जिताएको भन्दै नागरिकको त्यो विश्वास र भरोसा टुट्न नदिने वाचा पनि गरे।
आफ्नो पहिलो भाषणमा उनले देशको दशकौँको सबैभन्दा खराब आर्थिक अवस्थालाई समाधान गर्न कठोर नीतिहरू अपनाउनुपर्ने बाहेक अरू कुनै विकल्प नभएको चेतावनी दिए।
आइतबारको पहिलो सम्बोधनमा उनले दशकौंको खराब आर्थिक नीतिले देशको कमर भाँचिएको उल्लेख गर्दै, यस्तो बिरामी अर्थतन्त्रलाई सुधार गर्न आफू लागीपर्ने बताए। अत्याधिक रूपमा मुद्रास्फीति बढेकोले आर्थिक संकटबाट बाहिर निस्कन तीतो निर्णय लिनुपर्ने उनको भनाइ थियो।
अर्जेन्टिनाको आर्थिक अवस्था निरन्तर नाजुक बन्दै गएको छ। अहिले अर्जेन्टिनामा मुद्रास्फीति १४३ प्रतिशतले बढेको छ, तर सही दिशामा कदम चालिएन भने १५ हजार प्रतिशतसम्म बढ्न सक्ने बताइएको छ। यस्तो अवस्थामा राष्ट्रपतिमा चुनिएका मिलेईबाट नागरिकले ठूलो अपेक्षा गरेका छन्।
उनको शपथग्रहण समारोहमा युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्की, ब्राजिलका पूर्व राष्ट्रपति जेर बोलसोनारो तथा इजरायलका विदेशमन्त्री एली कोहन पनि सहभागी थिए।
अमेरिकी डलरलाई अर्जेन्टिनाको आधिकारिक मुद्रा बनाउने उनको चुनावी संकल्प थियो। धुर दक्षिणपन्थी भएका कारण उनलाई 'अर्जेन्टिनाका ट्रम्प' पनि भन्ने गरिन्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
