म्यानमारको म्यावडीस्थित चिनियाँ कम्पनीमा दिनको १८ देखि २० घण्टासम्म अनलाइन स्क्यामिङमा लगाउने र लक्ष्य पूरा नगरे यातना दिने गरेको ब्युरोका प्रवक्ता एसपी कृष्णप्रसाद पगेनीले बताए।
काठमाडौँ– नेपालबाट म्यानमार पुर्याइ अनलाइन ठगी कार्यमा लगाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
नेपालबाट म्यानमार पुर्याउने र त्यहाँ बन्धक बनाएर अनलाइन स्क्यामिङ अर्थात् ठगी कार्यमा लगाएको आरोपमा काठमाडौँ महानगर–३ का ३६ वर्षीय बुद्ध लामालाई शुक्रबार पक्राउ गरिएको मानव बेचबिखन अनुसन्धान ब्युरोले जनाएको छ।
उनले शुरूमा थाइल्यान्डस्थित एक चिनियाँ कम्पनीमा अंग्रेजी भाषानुवादको राम्रो जागिरको प्रलोभन देखाउने र पछि म्यानमार पठाउने गरेको पाइएको छ। म्यानमारको म्यावडीस्थित चिनियाँ कम्पनीमा दिनको १८ देखि २० घण्टासम्म अनलाइन स्क्यामिङमा लगाउने र लक्ष्य पूरा नगरे यातना दिने गरेको ब्युरोका प्रवक्ता एसपी कृष्णप्रसाद पगेनीले बताए।
"फेसबुक, ह्वाट्सअप, ट्वीटर जस्ता सामाजिक सञ्जालमार्फत अमेरिकी, युरोपेली नागरिकहरूलाई कसरी ट्र्यापमा पारी अनलाइनमार्फत बिट क्वाइनमा लगानी गर्न आकर्षित गर्न सकिन्छ भनेर ७ दिनको तालिम नै दिने रहेछन्," पगेनीले भने, "कम्पनीले तोकेअनुसारको लक्ष पूरा गर्न नसके कुटपिट गर्ने, विद्युतीय झट्का लगाउने जस्ता शारीरिक, मानसिक यातना दिने गरेको खुल्न आएको छ।"
ब्यरोका अनुसार नेपालबाट जान डेढ लाख रुपैयाँ खर्च लाग्ने र त्यहाँ मासिक एक लाख ३० हजार रुपैयाँ तलब हुने, खानेबस्ने व्यवस्था कम्पनीले नै गर्ने लगायत प्रलोभनमा पार्ने गरेको पाइएको छ।
म्यानमार अहिले गृहयुद्धको चपेटामा छ। यही मौका पारेर अनलाइन स्क्यामरहरूले त्यहाँ कार्यालय खोलेर ठगी धन्दा चलाइरहेका छन्। त्यही जालोमा नेपालीहरू फस्ने गरेका प्रवक्ता पगेनीले बताए।
त्यसरी खोलिएका कम्पनीलाई चारैतिरबाट सुरक्षा गार्डले पहरा दिनुका साथै सीसी क्यामरासमेत जडान गरिएको हुन्छ। कम्पनी भन्दा बाहिर आफूखुसी जान पनि नपाउने गरी कम्पनीभित्रै साइबर दास बनाएर राखेको ब्युरोले जनाएको छ। पीडितले म्यानमार पुगेको १० महिनापछि नेपाल फर्कन म्यानमारस्थित कम्पनीलाई ८ लाख रुपैयाँ तिर्न बाध्य भएका थिए।
यस कार्यमा अरुको पनि संलग्नता भएको हुनसक्ने भन्दै अन्य व्यक्तिहरूको खोजीकार्य जारी रहेको ब्युरोले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
