मृत्यु हुनेमा महाभारा ३ निवासी २८ वर्षीय होमबहादुर खत्री रहेका छन्।
झापा– निर्वाचनको सुरक्षामा खटिएको नेपाली सेनाको सवारी र मोटरसाइकल एक आपसमा ठोक्किँदा झापामा आज एक जना व्यक्तिको मृत्यु भएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक अशोक जवेगूका अनुसार आइतबार बिहान शिवसताक्षी नगरपालिका-११ स्थित सतासी खोलाको पुलमा नेपाली सेनाले चलाएको बा १ झ १०११ नम्बरको सवारी र प्रदेश १-०१-०१२ प ३८५७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइलमा सवार व्यक्तिको मृत्यु भएको हो।
मृत्यु हुनेमा महाभारा ३ निवासी २८ वर्षीय होमबहादुर खत्री रहेका छन्। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मोटरसाइकलमा सवार खत्री नेपाली सेनाले चलाएको सवारीमा ठोक्किँदा गम्भीर घाइते भएको र उपचारका क्रममा मेची अस्पतालमा मृत्यु भएको प्रहरी निरीक्षक जवेगूले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
