जलवायु परिवर्तनको असर कम गर्न र मासिँदै गएको जंगल पुनः प्राप्त गर्ने उद्देश्य साथ संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमले ड्रोनबाट बीउ छर्ने प्रविधिमा विगत ३ वर्षदेखि नेपाल सरकारलाई सहयोग गर्दै आएको छ।
काठमाडाैँ– नेपालमा ड्रोनबाट विभिन्न वनस्पतिको बीउ छर्ने प्रविधि प्रभावकारी देखिएको छ।
पातलो हुँदै गएको जंगलमा जडिबुटी जन्य वनस्पतिको बिस्तार एवं विकास र पहिरोको रोकथामको लागि ड्रोनबाट बीउ छर्ने विधि प्रभावकारी देखिएको हो। ओखलढुंगा र खोटाङमा गरिएको नमूना परीक्षणले राम्रो नतिजा दिएकाले देशको अन्य भागमा पनि यो विधि अपनाइएको छ।
जलवायु परिवर्तनको असर कम गर्न र मासिँदै गएको जंगल पुनः प्राप्त गर्ने उद्देश्य साथ संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमले ड्रोनबाट बीउ छर्ने प्रविधिमा विगत ३ वर्षदेखि नेपाल सरकारलाई सहयोग गर्दै आएको छ। यो विधि प्रभावकारी देखिएपछि यसम्बन्धी सामग्रीलाई विश्व जलवायु सम्मेलन कोप (२८) मा नेपालको तर्फबाट प्रस्तुत गरिएको छ। संयुक्त राष्ट्रसंघ विकास कार्यक्रमले नेपाल पेभिलिनमा प्रस्तुत गरेको ड्रोनबाट बीउ छर्ने प्रविधिमा अन्य मुलुकका प्रतिनिधिको पनि आकर्षण देखिएको थियो।
संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम अन्तर्गत जलवायु उत्थानशील तथा जीविकोपार्जन कार्यक्रमका संयोजक प्रेम पौडेलले ड्रोनबाट बीउ छर्ने प्रविधिका कारण विगत ३ वर्षमा जंगल क्षेत्र बढाउन तथा सुख्खा क्षेत्रको व्यवस्थापन गर्दै हरियाली बनाउने कार्यमा सफलता मिलेको बताए। नदी, खोला किनारमा बहुतह खेती गर्नसमेत यो विधि सफल भएको कार्यक्रम संयोजक पौडेलले बताए।
यस्तै, जमिनको क्षयीकरण घटाउन तथा स्थानीयको जीविकोपार्जन सहज बनाउने उद्देश्य साथ नेपालका पहाडी क्षेत्रमा यो कार्यक्रम सञ्चालन गरिएको हो। वन तथा वातावरण मन्त्रालय, यूएनडीपी र ग्लोबल इन्भाइरोमेण्ट फ्यासिलिटीले खोटाङ र ओखलढुंगामा यो कार्यक्रम सञ्चालन गरेको छ। नेपालमा वन फडानीको कारण पहिरो जाने र त्यसले तराईमा समेत बाढी र कटानको समस्या देखिने गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
