प्रधानमन्त्री पुष्पकमल दाहालले रुसी सेनामा भर्ती हुने नेपालीको संख्या २०० रहेको औपचारिक जानकारी प्राप्त भएको र उनीहरूको खोजी तथा अध्ययन भइरहेको बताएका छन्।
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहालले रुसी सेनामा भर्ती हुने नेपालीको संख्या २०० रहेको औपचारिक जानकारी प्राप्त भएको बताएका छन्। सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा प्रेस सेन्टर नेपालका पदाधिकारीको बैठकलाई सम्बोधन गर्दै उनले भिजिट तथा अध्ययन भिसामा रुस पुगेका २०० नेपाली सेनामा भर्ती भएको जानकारी पाएको बताएका हुन्।
“रुस–युक्रेनको युद्धमा हामीले नयाँ फेनामेनाको सामना गर्नुपरेको छ। कोही पढ्न गएका, कोही भिजिट भिसामा गएका, कोही केमा रुस पुगेका नेपाली युवाहरू सेनामा भर्ती भएर ६ जना मरेको त औपचारिक ढंगले जानकारी आयो, दुई सयभन्दा बढी छन् भन्नेछ। उनीहरूको खोजी, अध्ययन भइरहेको छ,” उनले भने।
उनले रुसी सेना बनेका नेपाली कोही युक्रेनको कब्जामा रहेको र केही नेपाली युक्रेनी सेनामा रहेको पनि औपचारिक जानकारी पनि आएको बताए। उनले हमास आक्रमणमा बेपत्ता भएका विपिन जोशीको फिर्तीका लागि अन्तिम प्रक्रियातिर बढिरहेको पनि बताए।
फरक प्रसङ्गमा प्रधानमन्त्री दाहालले अहिले रातदिन विभिन्न किसिमले गठबन्धन तोड्ने, सरकार ढाल्ने अर्को बनाउने कसरत भइरहेको जिकिर गरे। उनले गठबन्धनका बैठकहरू नियाल्दा यस्ता कसरतले केही नहुनेमा आफू विश्वस्त रहेको बताए।
“अहिले रातदिन विभिन्न किसिमले गठबन्धन तोड्ने, सरकार ढाल्ने अर्को बनाउने के–के भन्ने त रातदिन एकथरिको खेल कसरत भई नै रहेको छ। तर मैले हेर्दा र गठबन्धनका बैठकहरू सबै गर्दा केही हुनेवाला छैन,” उनले भने।
प्रधानमन्त्री दाहालले गठबन्धन पूरै अवधि जाने दाबी गर्दै अब एक वर्षको समीक्षा गर्ने र अर्को एक वर्षका निम्ति नयाँ रणनीतिबारे सोच्ने बेला आएको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
