सोमबार बोटलर्स नेपाल बालाजु, सामुदायिक लघुवित्त, डोल्टी पावरको शेयर मूल्यमा १० प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लागेको छ।
काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सोमबार दोहोरो अंकले ओरालो लागेको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १५.४० अंकले ओरालो लागेर १९४८.५७ मा सीमित भएको छ। आइतबार भएको उच्च अंकको वृद्धि सोमबार भने कायम हुन सकेन।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.३३ अंकले ओरालो लागेर ३६९.४१ मा सीमित भएको छ। कुल एक करोड ४६ लाख ९८ हजार ५१७ कित्ता शेयर चार अर्ब ८४ करोड २७ लाख ७४ हजार ३८६ रुपैयाँमा खरिदबिक्री भएका छन्।
कारोबारका आधारमा सोनापुर मिनरल्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको २५ करोड १५ लाख ६० हजार ६०७ रुपैयाँ बराबरको कारोबार भएको छ।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स १६ करोड ५७ लाख ६६ हजार ८६०, सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी १४ करोड ५६ लाख ७६ हजार ९८८, माउन्टेन इनर्जी १४ करोड ४० लाख ६९ हजार ९२१ र शिवम् सिमेन्ट १३ करोड ७३ लाख १७ हजार २६१ रुपैयाँ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन्।
नेप्सेका अनुसार बोटलर्स नेपाल बालाजु, सामुदायिक लघुवित्त, डोल्टी पावरको शेयर मूल्यमा १० प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लागेको छ। यस्तै, हाथवे इन्भेस्टमेन्ट ९.९० र इन्फिनिटी लघुवित्तका लगानीकर्ताले ९.६० प्रतिशतले कमाएका छन्।
समता घरेलु लघुवित्त ७.१५, मन्दाकिनी हाइड्रोपावर ५.८७, स्वाभिमान लघुवित्त ५.४७, एशियन हाइड्रोपावर ५.३८ र अपर स्याङ्गे हाइड्रोपावरका लगानीकर्ताले ५.२६ प्रतिशतले गुमाएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
