रेमिट्यान्स, राजस्व, विदेशी मुद्राको सञ्चिति वृद्धि र पर्यटन आगमन बढे पनि अर्थतन्त्रको वास्तविक रूपमा हेर्दा जनतामा उत्साह र आशा जाग्न नसकेको प्रधानमन्त्री पुष्पकमल दाहालको भनाइ छ।
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामार्फत नीतिगत लचकता अपनाए पनि मुलुकको अर्थतन्त्रमा दबाब कायम रहेको दाबी गरेका छन्।
सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा प्रेस सेन्टर नेपालका पदाधिकारीको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नेपालको अर्थतन्त्र निकै ठूलो दबाबमा रहेको बताएका हुन्। सरकारले लगातार रूपमा अर्थतन्त्रमा देखिएका समस्या सुधारको प्रयास गरिरहेको उनको दाबी थियो।
“नेपालको अर्थतन्त्र निकै ठूलो दबाबमा छ। सरकारले आफ्नो ठाउँबाट लगातार सुधारको प्रयास गर्दै जाँदा राष्ट्र बैंकबाट भएका नीतिगत र व्यावहारिक निर्णयले अर्थतन्त्रमा सहजीकरण गर्ने अवस्थासम्म आइपुगेको छ,” उनले भने।
उनले सरकारले राजनीतिक दलका नेता, निजी क्षेत्र र अर्थतन्त्रका विज्ञहरूसँग छलफल गरेर अर्थतन्त्र सुधारका लागि दिएको निर्देशनका आधारमा राष्ट्र बैंकले बैंकको ब्याजदर घटाउने, लघुवित्तका ऋणहरू र व्यवसायीहरूको ऋण फिर्ता गर्ने समय अवधि थप गरेको दाबी गरे।
प्रधानमन्त्री दाहालले राष्ट्र बैंकले नीतिगत रूपमा गरेको सुधारबाट निजी क्षेत्र सकारात्मक भए पनि देशको अर्थतन्त्रमाथिको दबाब कायमै रहेको जिकिर गरे। उनले रेमिट्यान्स, राजस्व, विदेशी मुद्राको सञ्चिति वृद्धि र पर्यटन आगमन बढे पनि अर्थतन्त्रको वास्तविक रूपमा हेर्दा जनतामा उत्साह र आशा जाग्नसमेत नसकेको बताए।
प्रधानमन्त्री दाहालले सरकारले आगामी नीति तथा कार्यक्रम र बजेटमार्फत अर्थतन्त्रमा संरचनागत सुधार गर्ने तयारी गरिरहेको बताए। उनले अर्थतन्त्र सुधारका लागि ठूलो रिफर्मको आवश्यकता रहेको भन्दै सरकार त्यो काम गर्ने तयारीमा रहेको पनि बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
