रास्वपा प्रमुख सचेतक सन्तोष परियारले अब पार्टीले महत्त्वपूर्ण विधेयकहरू संसद्मा अगाडि बढाउन दबाब दिने बताए।
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले व्यवस्थापिका संसद् कार्यपालिकाबाट प्रभावित भएर गणितीय खेल चल्दा जनताका मुद्दा ओझेलमा परेको जनाएको छ।
पार्टीको संसदीय समितिको सोमबार भएको बैठकका विषयमा जानकारी दिँदै रास्वपा प्रमुख सचेतक सन्तोष परियारले अब पार्टीले महत्त्वपूर्ण विधेयकहरू संसद्मा ल्याउन दबाब दिने बताए।
“हाम्रो संसदीय इतिहासमै यो दुःखलाग्दो अवस्था रह्यो। व्यवस्थापिका कार्यपालिकाबाट प्रभावित भयो। जसले गर्दा संसद्मा कतिपय महत्त्वपूर्ण विधेयकहरू दर्ता नै हुन सकेनन्,” उनले भने, “कतिपय आउँदै आएनन्। आएकाहरू पनि कतिपय प्रक्रियामै अगाडि बढ्न सकेनन्। दुइटा अधिवेशनबाट एउटा मात्रै विधेयक अगाडि बढ्यो।”
रास्वपाले दबाब दिँदा मनी लाउन्ड्रिङको विधेयक अन्तिम अवस्थासम्म अगाडि आउन सम्भव भएको दाबी उनले गरे।
उनले महोत्तरीको जलेश्वरमा हालै भएको पार्टीको तीन दिने विस्तारित बैठकका विषयमा छलफलसँगै संसद्को आगामी अधिवेशनको तयारीका लागि पार्टीको संसदीय दलको बैठक भएको जानकारी दिए।
संसद्को आसन्न आगामी अधिवेशनको तयारी स्वरूप आयोजित बैठकमा पार्टी संसदीय दलको विधान र आगामी अधिवेशनको तयारी सम्बन्धमा पनि छलफल गरिएको उनले बताए।
संसारका विभिन्न मुलुकको विकासक्रम अध्ययन गर्दा आप्रवासमा रहेकाहरूको ठूलो योगदान रहेको पाइने हुनाले रास्वपाले देशबाहिर रहेका नेपालीको योगदान र आवश्यकतालाई पनि ध्यान दिएको उनले बताए।
“जो ठूलो संख्यामा बाहिर छ, जसले पठाएको विप्रेषणले हामी चलिरहेका छौँ, त्यसैले हामी विदेशमा रहेका नेपालीले मतदान गर्न पाउनुपर्छ भन्ने आवाज अगाडि लैजान प्रष्ट छौँ,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
