कस्तो रहनेछ मंगलबारको मौसम?

दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही हल्का वर्षाको सम्भावना छ।

काठमाडौँ– नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। 

जसको कारण पहाडी भूभागमा आंशिक बदली रहेको छ। तराईका केही स्थानमा हुस्सु तथा कुहिरो लागेको छ।

दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात हुने महाशाखाले जनाएको छ। 

यसैगरी, राति पनि पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानको मौसम सामान्यतया सफा रहनेछ। 

पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपात हुनेछ।