मतदानको निर्धारित समय सकियो, आयोगले पत्रकार सम्मेलन गर्दै

बिहान ७ बजेदेखि शुरू भएको मतदान बेलुकी ५ बजेसम्म सञ्चालन भएको थियो।

काठमाडौं– आइतबार प्रतिनिधिसभा र प्रदेशसभा सदस्य, निर्वाचन २०७९ को मतदानका लागि निर्धारित समय सकिएको छ। 

बिहान ७ बजेदेखि शुरू भएको मतदान बेलुकी ५ बजेसम्म सञ्चालन भएको थियो। केही स्थानमा भने मतदान केन्द्रभित्र मतदाता लाइनमै रहेकाले मतदानको काम चली नै रहेको छ। 

मतदानको निर्धारित समय सकिएपछि निर्वाचन आयोगले बेलुकी पत्रकार सम्मेलनको आयोजना गर्दै छ। आयोगका अनुसार बेलुकी ७ बजेर ५० मिनेटमा पत्रकार सम्मेलनको तयारी भएको छ। 

पत्रकार सम्मेलनमा आयोगले देशभर कति मतदान भयो कहाँ-कहाँ मतदान स्थगित भयो भन्ने बारेमा जानकारी दिने जनाएको छ।