बाराकी २० वर्षीया मिन्कुदेवीले जन्माइन् तिम्ल्याहा शिशु

वीरगन्जस्थित श्रीराम अस्पतालमा मिन्कुदेवीले शल्यक्रियामार्फत दुई छोरा र एक छोरीलाई जन्म दिएकी छन्। 

बारा– बाराको कलैया उपमहानगरपालिका–१६ मझौलियाकी २० वर्षीया मिन्कुदेवी रामले तीन सन्तानलाई जन्म दिएकी छन्। 

वीरगन्जस्थित श्रीराम अस्पतालमा उनले शल्यक्रियामार्फत आइतबार दुई छोरा र एक छोरीलाई जन्म दिएकी हुन्। 

अस्पतालमा कार्यरत स्त्री तथा प्रसूति रोग विशेषज्ञ दीप्ति यादवले ती नवजात तिम्ल्याहा नवजात शिशु तथा आमाको स्वास्थ्य अवस्था सामान्य रहेको बताइन्। 

“शल्यक्रियामार्फत तिम्ल्याहा शिशु जन्मिएका हुन्। शिशुसहित आमाको स्वास्थ्यस्थित सामान्य छ,” उनले भनिन्। 

उनका पति संखुरामले स्थानीय स्वास्थ्यचौकीले सिफारिस गरेपछि सुत्केरी हुनका लागि मिन्कुलाई वीरगन्ज लगिएको बताए।