आबुखैरेनी गाउँपालिकाले वडा नं ३ मा हाट सञ्चालनमा ल्याएपछि कृषकलाई कृषि उपज बजारीकरणका लागि सजिलो भएको छ।
दमौली– तनहुँको आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरीका कृषक लक्ष्मण गुरुङले गाउँमा उत्पादित साग सहजै बजारसम्म लगेर बिक्री गरिरहेका छन्। जिल्लाकै उच्च भागमा अवस्थित छिम्केश्वरीमा उत्पादन भएको रायोको सागको बजारीकरणमा कुनै समस्या नरहेको उनको भनाइ छ।
कृषकलाई मागअनुसार साग पुर्याउन कठिनाइ भएको उनले बताए। आबुखैरेनी गाउँपालिकाले वडा नं ३ मा हाट सञ्चालनमा ल्याएपछि कृषकलाई कृषि उपज बजारीकरणका लागि सजिलो भएको छ।
“गत वर्षको फागुनदेखि हाटबजार सञ्चालनमा आएपछि कृषि उपज सामग्री बजारीकरणको माध्यम हाटबजार बनेको छ। हाटबजारबाटै कृषि उपज सामग्री बिक्री गर्न पाउँदा उपभोक्तालाई पनि सजिलो भएको छ,” उनले भने, “छिम्केश्वरीमा उत्पादित सामग्रीको माग उच्च हुन थालेपछि कृषक पनि हर्षित छन्।”
मह उत्पादक कृषक शेरबहादुर गुरुङले उत्पादित महले बजार नपाउने हो कि भन्ने समस्याको अन्त्य भएको बताए। भने, “मह कहाँ लगेर बेच्ने भन्ने चिन्ता छैन, हाटबजारबाटै छोपाछोप हुन्छ। कृषकका लागि हाटबजार कृषि सामग्री बेच्ने माध्यम बनेको छ।”
स्थानीय कृषक संगीता गुरुङ, तिलबहादुर गुरुङ, आयमान गुरुङ र डिलकुमारी भुजेलले उत्पादित कृषि सामग्री बिक्री नभए गाउँपालिकाले खरिद गरिदिने निर्णय गरेपछि आफूहरू झन् उत्साहित भएको बताए। आँबुखैरेनी गाउँपालिकाले गत वर्षको फागुनदेखि सञ्चालन गरेको हाटबजार कृषकको सहयोगी बनेको त छ नै उपभोक्तालाई पनि एकैठाउँमा फरक फरक कृषि सामग्री खरिद गर्न सजिलो भएको छ।
गाउँपालिकाले १० वर्षका लागि जग्गा भाडामा लिएर हाटबजार सञ्चालन गरेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए। वार्षिक १० लाख ५० हजार भाडा तिर्ने गरी गाउँपालिकाले जग्गा भाडामा लिएको थियो। गाउँपालिकाका जुनसुकै वडाका कृषकले पनि आफूले उत्पादन गरेका सामग्री यहाँ ल्याएर बेच्न सक्ने उनको भनाइ छ।
किसानले उत्पादन गरेका सामग्री बिक्री नभए गाउँपालिकाले जिम्मा लिने निर्णय गरेको उनको भनाइ छ। “गाउँपालिकाले सञ्चालन गरेको हाटबजारमा छिम्केश्वरीका सामग्रीको माग उच्च भएको पाएका छौँ,” अध्यक्ष चुमानले भने, “किसानले ल्याएको सामग्री बिक्री नभए हामी खरिद गरिदिन्छौँ।” यसले गर्दा कृषकलाई कृषि पेसामा लाग्न प्रेरणा मिल्ने र गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउन सहयोग पुग्ने चुमानको भनाइ छ।
हाटबजारमा प्रत्येक शुक्रबार कृषकले उत्पादन गरेका सामग्री बिक्रीका लागि राखिन्छ। स्थानीय स्तरमा उत्पादित कृषि सामग्री सहज रूपमा बिक्री वितरण गर्न सहज होस् भन्ने उद्देश्यसहित हाट सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ।
हाटबजारमा छिम्केश्वरीमा उत्पादित उपजहरू सर्वसाधारणको रोजाइमा पर्न थालेको छ। समुन्द्री सतहबाट दुई हजार १३४ मिटर उचाइमा अवस्थित छिम्केश्वरीमा उत्पादित साग, मह, गुन्द्रुक, दाललगायत सर्वसाधारणको रोजाइमा परेको हो।
छिम्केश्वरीका कृषकले हाटबजारबाट एकै दिन एक लाख ७८ हजार ६०० रुपैयाँको कृषि सामग्री बिक्री वितरण गरेका छन्। सो वडाका अध्यक्ष सन्तोष गुरुङका अनुसार साग, मह, गुन्द्रुक, केराउ, सिमी, दाल, फर्सी, सखरखण्डको माग उच्च रहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
