प्रहरीले ललितपुरको झम्सीखेलमा गोली प्रहार गरेर उदयपुरका ४५ वर्षीय अविनाश राईलाई नियन्त्रणमा लिएको छ।
काठमाडौँ– प्रहरीले लागुऔषध कारोबारीलाई समात्न मंगलबार ललितपुरमा गोली चलाएको छ।
उपत्यका अपराध अनुसन्धान कार्यालय बानेश्वरको टोलीले ललितपुरको झम्सीखेलमा गोली प्रहार गरेर उदयपुरका ४५ वर्षीय अविनाश राईलाई नियन्त्रणमा लिएको हो।
उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीका अनुसार उनी लागुऔषध कारोबारी हुन्। प्रहरीमाथि आक्रमण गरेपछि राईलाई नियन्त्रणमा लिन गोली चलाउनु परेको उनले बताए।
सो क्रममा राईको दाहिने खुट्टामा गोली लागेको र उपचारको लागि ट्रमा सेन्टर लगिएको एसपी रेग्मीले जानकारी दिए।
उनको साथमा रहेको कटुवा पेस्तोल र लागुऔषधसमेत बरामद गरेको प्रहरीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
