सोमबार १५ अंकले घटेर ओरालो लागेको नेप्से आज १.८९ प्रतिशतले बढेर १९८५.४४ विन्दुमा पुगेको छ।
काठमाडाैँ– शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार ३६.८६ अंकले बढेको छ। सोमबार १५ अंकले घटेर ओरालो लागेको नेप्से आज १.८९ प्रतिशतले बढेर १९८५.४४ विन्दुमा पुगेको छ।
मंगलबार २१४ कम्पनीको शेयर मूल्य बढेको छ। जसमध्ये ६ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। हाइड्रोपावर, बीमा, माइक्रोफाइनान्स, फाइनान्स, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, विकास बैंक, व्यापार समूहको शेयर उच्च अंकले उकालो लागेको छ। बोटलर्स नेपाल, धौलागिरि लघुवित्त, नेपाल रिपब्लिक मिडिया, सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको शेयर १० प्रतिशतले बढेको छ।
समग्रमा बजार बढेको दिन मंगलबार २४ कम्पनीको शेयर मूल्य घटेको छ। सबैभन्दा धेरै सीवाईसी नेपाल लघुवित्तको शेयर ५.११ प्रतिशतले घटेको छ।
आज १ करोड २४ लाख कित्ता शेयर ४ अर्ब ३० करोड रुपैयाँमा कारोबार भएको छ। सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको १८ करोड रुपैयाँको शेयर किनबेच भयो। सोनापुर मिनरल्स १५ करोड र रेलियबल नेपाल लाइफ इन्स्योरेन्सको १४ करोड बराबरको शेयर किनबेच भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
