कारागारमा रहेका व्यक्तिको मुद्दा मिलाएर थुनामुक्त गरिदिने भन्दै झन्डै एक करोड रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ।
काठमाडौँ– मुद्दा मिलाई दिन्छु भन्दै ९९ लाख ७५ हजार रुपैयाँ ठगी गरेको अभियोगमा दुई जनालाई केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्जको प्रहरीले पक्राउ गरेको छ। उनीहरूलाई सोमबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा काठमाडौँ नागार्जुन नगरपालिका–१ रानीबन बस्ने भोजपुर हतुवागढी गाउँपालिका–५ घर भएका २६ वर्षीय रीतु राई र बर्दिया पाताभार गाउँपालिका–१ घर भएका २१ वर्षीय निरेश चौधरी रहेका छन्।
आपराधिक विश्वासघात र संगठित अपराधसमेत मुद्दामा कारागार कार्यालय जगन्नाथ देवलमा पुर्पक्षका लागि थुनामा रहेका सुर्खेत वीरेन्द्रनगर नगरपालिका–५ घर भएका रेवन्त खड्काको मुद्दा मिलाई थुनामुक्त गराइदिन्छु भन्दै खड्काका परिवारबाट पटक–पटक गरी उक्त रुपैयाँ ठगी गरेको खुल्न आएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
निजहरूमाथि आपराधिक विश्वासघात तथा ठगी मुद्दामा थप अनुसन्धान भइरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
