तराईमा हुस्सु तथा कुहिरो, उच्च पहाडमा हिमपातको सम्भावना

कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा हल्का वर्षासमेत हुने महाशाखाले जनाएको छ।

काठमाडौँ– नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ।

पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। तराईका थोरै स्थानमा हुस्सु तथा कुहिरो लागेको छ।

दिउँसो कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा हल्का वर्षासमेत हुनेछ। 

कोशी, बागमती, गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात हुनेछ। यसैगरी, राति कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सामान्यतया सफा रहनेछ। 

कोशी, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात हुने महाशाखाले जनाएको छ।