नदीजन्य पदार्थ तस्करी गरेको आरोपमा ५६ गाडी नियन्त्रणमा

कास्कीको विभिन्न स्थानमा अवैध रूपमा नदीजन्य पदार्थ दोहनमा प्रयोग गरिएका सवारीसाधनलाई नियन्त्रणमा लिइएको छ। 

गण्डकी– नदीजन्य पदार्थ तस्करी गरेको आरोपमा प्रहरीले ५६ वटा सवारीसाधनलाई नियन्त्रणमा लिएको छ। 

कास्कीको विभिन्न स्थानमा अवैध रूपमा नदीजन्य पदार्थ दोहनमा प्रयोग गरिएका सवारीसाधनलाई नियन्त्रणमा लिइएको हो।

जिल्लामा नदीबाट ढुंगा, गिट्टी, बालुवा उत्खनन गरी फर्जी बिल बनाई चोरी निकासी बढ्न थालेपछि प्रहरीले सक्रियता देखाएको हो।  

नदीजन्य पदार्थ ओसारपसार गर्ने, फर्जी विल बनाएका ट्रक, टिपर, ट्याक्टरलगायत सवारीसाधन नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि पोखरा महानगरको जिम्मा लगाइएको कास्कीका प्रहरी प्रवक्ता श्रवणकुमार विश्वकर्माले जानकारी दिए।