संघीय संसद्का महासचिव गौतमको राजीनामा स्वीकृत

बुधबार नै सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाका सचिव पद्मप्रसाद पाण्डेलाई कार्यवाहक महासचिव तोकेका थिए।

काठमाडौँ– संघीय संसद्का महासचिव भरतराज गौतमको राजीनामा स्वीकृत भएको छ।

गौतमले मंसिर २७ गते दिएको राजीनामा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार स्वीकृत गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ। गौतमले कार्यकाल सकिनु आठ महिनाअघि नै राजीनामा दिएका हुन्।

यसअघि बुधबार नै सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाका सचिव पद्मप्रसाद पाण्डेलाई कार्यवाहक महासचिव तोकेका थिए।