प्रहरीले नक्कली कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहमा संलग्न ट्राभल एजेन्सी सञ्चालक, सरकारी कर्मचारीसहित ३२ जनालाई पक्राउ गरेको छ।
काठमाडौँ– नेपाल प्रहरीले नक्कली कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहमा संलग्न ३२ जनालाई पक्राउ गरेको छ।
नक्कली कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहमा संलग्न सरकारी कर्मचारी र ट्राभल एजेन्सी सञ्चालक गरी ३२ जनालाई प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो।
बुधबार पत्रकार सम्मेलन गरी काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्र सिंह राठौरले गत असोज १९ गतेदेखि हालसम्म ३२ जनालाई पक्राउ गरी आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको जानकारी दिए।
उनका अनुसार नक्कली कागजात बनाइ भिजिट भिसामा विदेश पठाउने प्रकरणमा पक्राउ परेकामध्ये ६ जना कन्सल्टेन्सी सञ्चालक, एक जना प्रहरी, एक जना पूर्वप्रहरी, दुई जना एयरलाइन्सका कर्मचारी र अन्य विभिन्न प्रक्रियामा संलग्न व्यक्तिहरू गरी ३२ जना रहेका छन्।
उनका अनुसार नौ जनामाथि संगठित अपराधमा अनुसन्धान भइरहेको छ। १२ जनामाथि लिखतसम्बन्धी कसुरमा अनुसन्धान हुँदै छ। आठ जना धरौटीमा छुटिसकेको उनले जनाए। मंगलबार मात्रै थप तीन जनालाई नियन्त्रणमा लिई अनुसन्धान प्रारम्भ भएको उनले जानकारी दिए।
प्रहरी नायब उपरीक्षक गोविन्द पन्थीका अनुसार मंगलबार पक्राउ पर्नेमा अध्यागमन विभागका अध्यागमन अधिकृत नरवीर खड्का, नेपाल एयरलाइन्सका कर्मचारी अरविन यादव र होम पोखरेल रहेका छन्।
त्यस्तै, ट्राभल एजेन्सीका सञ्चालकहरूमा वन्ट्रा ट्रिप अनलाइन ट्राभल्सका सञ्चालक मनुराज चौधरी, एचआर टुर्स एन्ड ट्राभल्सका सञ्चालक रामप्रसाद भण्डारी, होलिडेज् एन्ड ट्राभल्सका सञ्चालक सरोज यादव, एसकेजे ट्राभल्सका सञ्चालक दिनेश ज्ञवाली, रिलेभेन्ट ट्राभल्सका सञ्चालक देवराज खनाल पनि पक्राउ परेका छन्।
त्यस्तै, एडभान्स म्यानेजमेन्ट मल्टी ट्रेनिङ सेन्टरका सञ्चालक गणेश पाण्डेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
असोज १९ गतेयता १ हजार ५१३ जनामाथि अध्ययन गर्दा २४६ वटा सर्टिफिकेट, प्रहरी रिपोर्ट, नाता प्रमाणित जस्ता प्रमाणपत्रहरू नक्कली पाइएका प्रहरीले जनाएको छ।
भिजिट भिसाका लागि आधारभूत शैक्षिक योग्यता प्लस टुको सर्टिफिकेट, दुई लाख न्यूनतम बैंक ब्यालेन्स र बैंक स्टेट्मेटन्ट हुनुपर्ने तथा विदेशबाट भिजिट भिसा तथा होटल बुकिङ हुनुपर्नेमा कतिपय कागजात नक्कली बनाउने गरेको पाइएको प्रहरीको भनाइ छ।
कागजात मिलाएबापत ट्राभल्स एजेन्सीहरूले प्रतिव्यक्ति १५ हजार रुपैयाँ तथा अध्यागमन विभागका कर्मचारीहरूले नयाँको हकमा ५५ हजार र पुरानो (एकपटक विदेश पुगेर फर्किएका)हरूको हकमा ४० हजार रुपैयाँ लिने गरेको अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
