नेप्सेमा सामान्य अंकको सुधार, ३ अर्ब ९० करोडको कारोबार

कारोबार रकमका आधारमा सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको १४ करोड ६७ लाख ९३ हजार १५६ रुपैयाँ बराबरको कारोबार भएको छ।

काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अंकको सुधार देखिएको छ। बुधबार नेप्से परिसूचक २.६० अंकले बढेर १९८८.४ को विन्दु कायम भएको हो।

बुधबार नेप्सेमा २९२ कम्पनीको १२० लाख ९५ हजार ५३९ कित्ता शेयर ८१ हजार ४५१ पटक खरिदबिक्री हुँदा तीन अर्ब ९० करोड ९१ लाख ९८ हजार ५७० रुपैयाँ बराबरको कारोबार भएको छ।

बुधबारको कारोबारमा होटल तथा पर्यटन समूहको उपसूचक १.६२, जीवन बीमा समूह १.१४, निर्जीवन बीमा समूह १.३१ र व्यापार समूह ०.आठ प्रतिशतले घटेको छ। अरू सबै समूहको उपसूचक बढेको छ।

सबैभन्दा धेरै विकास बैंक समूह १.१५ र लघुवित्त समूह ०.८३ प्रतिशतले बढेको छ। बोटलर्स नेपाल (बालाजु) लिमिटेडको शेयर मूल्यमा बुधबार सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै गुमाउनेमा भने कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेडको शेयर मूल्य ५.६९ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको १४ करोड ६७ लाख ९३ हजार १५६ रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबार भएका शेयर संख्याका आधारमा भने सबैभन्दा धेरै अरुण काबेली लिमिटेडको सात लाख ३९२ कित्ता शेयर किनबेच भएको छ।