काठमाडौँ महानगरका प्रवक्ता नवीन मानन्धर बिहीबारदेखि काठमाडौँमा सुर्तीजन्य पदार्थ बेच्न नपाइने, बेचेको भेटिए पसलसमेत बन्द गर्नेसम्मको कारबाही हुने बताउँछन्।
काठमाडौँ– काठमाडौँ महानगरपालिकाले बिहीबारदेखि काठमाडौँमा सुर्तीजन्य पदार्थ बेचबिखनमा प्रतिबन्ध लगाएको छ।
काठमाडौँ महानगरले बुधबार पत्रकार सम्मेलन गर्दै मंसिर २८ गतेदेखि काठमाडौँभित्र सुर्तीजन्य पदार्थ कच्चा सुर्ती, खैनी, गुट्खा, सुर्तीहरू प्रतिबन्ध गरिएको जानकारी दिएको हो।
काठमाडौँ महानगरका प्रवक्ता नवीन मानन्धरले बिहीबारदेखि काठमाडौँभित्र सुर्तीजन्य पदार्थ प्रतिबन्ध गरिएको जानकारी दिए।
बिहीबारदेखि काठमाडौँमा सुर्तीजन्य पदार्थ बेच्न नपाइने र बेचेको भेटिए पसलसमेत बन्द गर्नेसम्मको कारबाही हुने उनले बताए।
उनले पसलमा सुर्तीजन्य पदार्थ बेचेको पाइए दुई चोटिसम्म सामान जफत गरिने, तेस्रो पटक पनि बेचेको पाइए पसल नै बन्द गरिदिने चेतावनी दिए।
अनुगमनका लागि महानगरले सादा पोसाकमा १० जनाको टोली खटाइने र पहिलो चरणमा अनुगमनका लागि ५० जना नगरप्रहरी परिचालन गरिने उनको भनाइ छ।
उनका अनुसार महानगरले सार्वजनिकस्थलको एक सय मिटर वरपर चुरोट बेच्न र धूमपान गर्न पनि प्रतिबन्ध लगाएको छ। सार्वजनिकस्थलमा धूमपान गरेको पाइए एक सय रुपैयाँसम्म जरिबाना गरिने छ।
जनस्वास्थ्यमा परेको प्रतिकूल प्रभाव रोक्न, शहरी सौन्दर्य कायम राख्न र भूमि तथा वातावरणीय असर न्यूनीकरण गर्न सुर्तीजन्य पदार्थ बेचबिखनमा प्रतिबन्ध लगाएको उनले बताए।
काठमाडौँ महानगरले आगामी शुक्रबार महानगर दिवस बनाउने भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
