कांग्रेसको शेखर कोइराला–गगन थापा समूहका नेताहरूले राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार चयन गर्दा मापदण्ड बनाएर नपाएकाहरूलाई मौका दिनुपर्नेमा जोड दिएका छन्।
काठमाडौँ– नेपाली कांग्रेसको शेखर कोइराला–गगन थापा समूहका नेताहरूले राष्ट्रियसभा निर्वाचनमा पार्टीभित्र अवसर नपाएकाहरूलाई मौका दिनुपर्नेमा जोड दिएका छन्।
बुधबार काठमाडौँमा आयोजित कांग्रेस संस्थापनइतर पक्षको भेलापछि सञ्चारकर्मीसँगको कुराकानीमा नेता शेखर कोइराला, महामन्त्री गगन थापासहितका नेताहरूले राष्ट्रियसभा निर्वाचनका लागि मापदण्ड बनाएर उम्मेदवार चयन गर्नुपर्ने बताएका हुन्।
नेता कोइरालाले पार्टी संसदीय बोर्डले राष्ट्रियसभा निर्वाचनका लागि मापदण्ड नै बनाएर उम्मेदवार चयन गर्नुपर्ने प्रस्ताव राखे। “बेसीकल्ली राष्ट्रियसभा निर्वाचनका लागि एउटा क्राइटएरिया बनाऊँ। क्राइटएरिया पार्लियामेन्टी बोर्डले बनाऊँ। त्यो क्राइटएरियालाई अगाडि सारेर जाऊँ,” उनले भने। पार्टीमा सुधार ल्याउन आफूहरूले निरन्तर छलफललाई अघि बढाउने उनको भनाइ छ।
त्यस्तै, महामन्त्री थापाले यसअघि निर्वाचन नलडेका र मौका पनि नपाएकालाई राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार बनाउन सभापति शेरबहादुर देउवालाई दबाब दिने निर्णय गरेको बताए। त्यसका लागि एउटा मापदण्ड बनाएर जाने विषयमा पनि छलफल गरिएको उनको भनाइ थियो।
उनका अनुसार बैठकले महासमिति बैठक सार्न नहुने निष्कर्ष निकालेको छ। सुशासनको पक्षमा जोड दिएर अघि बढ्न सरकारलाई पनि संगठित रूपमा दबाब दिन बैठकमा नेताहरूले जोड दिएका थिए।
कांग्रेसका नेता गुरुराज घिमिरेले पटक–पटक अवसर पाएकालाई राष्ट्रियसभामा सहभागी गराउनु नहुने बताउँछन्। पटक–पटक अवसर पाइसकेकाहरूको मूल्यांकन भइसकेको र उनीहरूबाट कुनै राम्रो काम नभएको भन्दै अब नयाँलाई अवसर दिनुपर्ने उनको भनाइ छ।
उनले राजनीतिक जागिर खाएजस्तो कार्य सम्पादन गर्नेहरूलाई राष्ट्रियसभा सदस्य बनाउन नसक्ने कुरा शेखर समूहका नेताहरूले पार्टी सभापति शेरबहादुर देउवालाई स्पष्ट भन्नुपर्ने बताए।
सञ्चारकर्मीसँगको कुराकानीमा नेता शेखर कोइरालाले पार्टी महामन्त्री थापासँग आफ्नो मतभेद नरहेको दाबी गरेका थिए। उनले काम गर्ने शैली र सोचाइ उमेरअनुसार फरक हुन सक्ने तर पार्टीको अजेन्डामा महामन्त्री थापासँग आफ्नो फरक मत नरहेको जिकिर गरे।
“हाम्रो समूहको अजेन्डामा महामन्त्रीजी र मेरोमा एक इन्च पनि फरक छैन। के हुन्छ भने उहाँको उमेर, मेरो उमेर फरक छ। काम गर्ने शैली पनि फरक छ। सोचाइ पनि फरक छ। त्यो स्वाभाविक छ। अन्यमा अजेन्डामा हाम्रो कुनै फरक मत छैन,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
